
तुलसीपुर,असार १७ । सामुुदायिक वन उपभोक्ताले सालप्रजाति बन पैदावारको आन्तरिक विक्री वितरणबाट प्राप्त आम्दानी रकमको २५ प्रतिसत कर राज्यलाई तिर्नुपर्ने निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
आइतवार एक विज्ञप्ती जारी गदै लुम्विनी प्रदेश सरकार, बन तथा वातावरण मन्त्रालयले असार ३ गतेको सचिव स्तरको निर्णय गरि सामुदायिक बन तथा उपभोक्ता समुहको सालप्रजाति बन पैदावारको आन्तरिक विक्री वितरणबाट प्राप्त आम्दानी रकमको २५ प्रतिसत कर राज्यलाई तिर्नुपर्ने निर्णय गरिएको परिपत्र विषयमा सामुदायिक उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ दाङको गम्भीर ध्यानाकर्ष भएको जनाएकोहो ।
जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले जागीगरेको विज्ञप्तीमा दाङ जिल्लामा रहेको ५२८ सामुदायक बन उभोक्ता समुहलाई प्रत्यक्ष असर पर्ने गरि गरिएको सचिव स्तरीय निर्णय तत्काल खारिज गर्न माग गरिएको छ ।
सामुदायिक वन उपभोक्ता समुह सामुहिक हितका लागि बनको संरक्षण सम्ंर्वद्धन र सदुपयोग गर्ने गरि नेपाल सरकारबाट विधिवत रुपमा हस्तान्तरण गरिएको वन क्षेत्र भएको भन्दै यसले आवश्यकता अनुसार आफ्नो चल अचल सम्पतिको भोग चलन गर्ने आवश्यक परेमा यस संस्थाले व्यक्ति सरह आफ्नो अधिकार माग्न सक्ने बन समुह भएको छ ।
ज्ञापन पत्रमा सामुदायिक वन उपभोक्ता समुहले विगत ४ बर्ष देखि वन संरक्षण गर्दै आइरहेको उल्लेख छ । यो निर्णय उपभोक्तामाथिको ठुलो बल प्रहार भएको बताएको छ ।
यदि आफ्ना मागहरुलाई वेलैमा सम्वोधन नगरे र निर्णयलाई फिर्ता नलिए जस्तो सुकै आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आन्दोलनबाट हुन जाने क्षति तथा असरको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले तथा वन मन्त्रालयले लिनु पर्ने समेत विज्ञप्ती मार्फत सचेत गराएको विज्ञप्तीमा उल्लेख छ ।