घोराही,असार १७ । आत्म निर्भर लघुवित्त बित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय दाङले छात्रवृत्ति वितरण गरेको छ ।
संस्थाले आइतवार घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेको वालविकास मा वि र वडा नं. १५ मा रहेको सरस्वती मा वि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ छात्रवृत्ति वितरण गरेको हो ।
बालविकासमा ४१ जना र सरस्वती माविका ४० जना गरेर ८१ जनालाई छात्रवृति प्रदान गरिएको हो । विद्यालयले उपल्वध गराएको गरिव तथा जेहेन्दार विद्यार्थीहरुको विवरण अनुसार छात्रवृति प्रदान गरेको संस्थाका कार्यकारी निर्देशक सोगतविर चौधरीले जानकारी दिए ।
विद्यार्थीहरुलाई प्रति व्यक्ति १ हजार ५ सयको दरले नगद रकम प्रदान गरिएको हो । ‘संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाइ छात्रवृति प्रदान गरेका हौ’ कार्यकारी निर्देशक चौधरीले भने ।
संस्थाले सामाजिक कार्य अन्र्तगत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान, गरिव तथा विपन्न परिवारलाई सहयोग, स्वास्थ्य सिवीर तथा अन्य सामाजिक कार्यहरु गदै आएको छ ।
संस्थाले प्रदान गरेको छात्रवृत्तिले गरिव तथा विपन्न परिवारका विद्यार्थीहरुलाइ पठन पाठनमा सहयोग पुग्ने सरस्वती माविका प्रअ बशन्त पौडेलले बताइन् । छात्रवृत्ति पाउने विद्यार्थीहरुलाइ यसको सही सदुपयोग गनए समेत आग्रह गरिन् ।
विद्यालयका सहायक प्रअ दीपक श्रेष्ठले आर्थिक रुपमा विपन्न परिवारका बालवालिकाहरुलाइ सहयोग पुग्ने बताए । कार्यक्रममा संस्थाका जनशक्ति व्यवस्थापनका प्रमुख नेपबहादुर चौधरीले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक हेमराज शर्माले गरेका थिए ।