२०८२ पुष ३० गते बुधवार

बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

रुपन्देही ,असार १७ । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ६५ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

प्रहरीले हिजो बेलुका १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वडा नम्बर ५ मानपकडीका ६५ वर्षीय शिव भारतीलाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रमुख भरत बिकले जानकारी दिए ।

शुक्रवार घर वरिपरि खेलिरहेकी बालिकालाई भारतीले प्रलोभनमा पारेर बलात्कार गरेको प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *