२०८२ माघ १ गते बिहिवार

दलित भन्दै डेराबाट निकाल्ने घरबेटी पक्राउ


तुलसीपुर,असार १६ । दलित भन्दै डेरामा बस्दै आएका दुईजनालाई घरबाट निकाल्ने घरबेटीलाई दाङ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १७ का ताराप्रसाद पोखरेललाई शनिबार पक्राउ गरी अनुसन्धान थालिएको छ।

पोखरेलले आफ्नो घरमा भाडामा बस्दै आएका अछाम पञ्चदेवल विनायक नगरपालिका– ७ पुल्तोलाका महेन्द्र बिक र हुम्लाको अदानचुली गाउँपालिका– ३ का अंगराज नेपालीलाई डेराबाट निकालेको प्रहरीले बताएको छ।

‘तिमीहरू कामी रहेछौ, तिमीहरू घरमा आएदेखि म बिरामी छु भन्दै घरबाट निकालिदिनुभयो,’ पीडित महेन्द्रकी श्रीमती शान्ति बिकले भनिन्।

सो घरमा नेपालीसँग तीनजना एउटा कोठामा बस्थे भने महेन्द्रको परिवार अर्को कोठामा बस्थे। शुक्रबार साँझ नै घरबेटी पोखरेलले यस्तो व्यवहार गरेको प्रहरीले बताएको छ।

प्रहरीले जातीय छुवाछुतअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ। घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार संघ दाङलगायत विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गरी विरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन्।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *