२०८२ पुष ३० गते बुधवार

संकटको सारङ्गी बचाइदैँ

तुलसीपुर असार १६ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौर नजिकै एउटा गन्धर्व टोल छ । करिब ६३ घरधुरीमध्ये सारङ्गी बनाउन र बजाउन औँलामा सीमित व्यक्तिलाई मात्रै आउँछ ।

त्यही औँलामा गनिने संख्या बढाउने अभियानमा प्रदेश सरकार रहेको छ । लुम्बिनी प्रदेशको उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालयले संकटको पेशा बचाउने अभियानमा रहेको छ ।


तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले संकटमा परेको बाजा बचाउनका लागि पालिकाले नीति तथा कार्यक्रममा समावेश गरिएको बताए । उनले गन्धर्व समुदायको संकटमा परेको पेशा बचाउने दायित्व सरकारको भएको बताए ।

नगरप्रमुख खड्काले राष्ट्रिय बाजाकारुपमा रहेको सारङ्गी बनाउन र बजाउने सीपको प्रवर्धन गरेर व्यवसायीक रुपमा अघि बढाउन सकिने बताउनुभयो । उहाँले मौलिक संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।


सीमित व्यक्तिमा रहेको सीपलाई युवापुस्ता माझ पु¥याउनका लागि कार्यालयले सारङ्गी बनाउने सीपको प्रवर्धन गरेको छ ।त्यही टोलका सारङ्गी बनाउने र बजाउने सीप भएका मध्येका एक हुन ७० वर्षिय शालिकग्राम गन्धर्व । उनलाई यो पेशा नै कतै लोपोन्मुख अवस्थामै पुग्छ कि भन्ने चिन्ता छ । शालिकग्राम भन्छन – सारङ्गी बाजामा चार वटा तार र त्यसबाट ३६ वटा स्वर निकाल्न सकिन्छ यसमा त राष्ट्रियता पो झल्किन्छ ।

बाजा बनाउनेका लागि सीप सिकाउँदै आउनुभएका गणेश गन्धर्व खमारी,मालागेडी,खिर्रो,काठको मुर्रा,बाख्राको छाला र सल्लाको खोटो आवश्यक सारङ्गी बनाउन सकिने बताउछन । उनले सीप सिकाउँदै २५ वटा सारङ्गी तयार पारेका छन । उनीहरूले बनाएका सारङ्गीको बजार मूल्य पाँचदेखि ३५ हजार रहेको छ ।

एउटा सारङ्गी पाँच दिनसम्म बनाउन सकिने गणेश गन्धर्व बताउछन । उनले भने –राज्यकातर्फबाट सीप प्रवर्धनका साथै बजारीकरणमा समेत विशेष सहयोग भएमात्रै संकटको सारङ्गी बचाउन सकिन्छ ।

पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख दिनेश अधिकारीले लुम्बिनी प्रदेशका तीन वटा जिल्लामा सारङ्गी बाजाका लागि संगीत कक्षा र सारङ्गी बनाउने सीप प्रवर्धन गरिएको बताए ।

उनले उत्पादन गरिएका सारङ्गीको बजारीकरण गरिने बताए । उनले सारङ्गी बाजा बनाउनका लागि लागत मूल्य र समय घटाउने प्रविधि हस्तान्तरण गरिने बताए ।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *