२०८२ माघ ४ गते आइतवार

लायन्स र लियो क्लवद्धारा बृक्षारोपण

तुलसीपुर,असार १६ । लायन्स क्लव अफ दाङ तुलसीपुरको भवन परिसर बृक्षारोपण गरिएको छ ।


शनिवार एक कार्यक्रमका बिच लायन्स क्लव अफ दाङ र लियो क्लव अफ दाङ तुलसीपुरको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको हो ।


लायन्स क्लव अफ दाङका वर्ष २०२३ का अध्यक्ष लायन भागवत घिमिरे अध्यक्षता तथा डिष्ट्रिक एडभाइजर लायन टेकन कंडेलले प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले स्वच्छ,स्वस्थ,सुन्दर बाताबरण निर्माणमा बिरुवा रोप्ने अभियानले महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए ।

त्यस अवसरमा विभिन्न प्रजातिका १ सय ५० सय बढी बिरुवा रोपिएको थियो । लायन्स क्लव अफ दाङका उपाध्यक्ष लायन गोरख वलिको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लवका निवर्तमान अध्यक्ष,लियो क्लवका पुर्व अध्यक्षहरु,लअन्य पदाधिकारीहरुको सहभागीता थियो ।


लियो क्लव अफ दाङ तुलसीपुरका अध्यक्ष यमकला भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्लवका मार्केटिङ कम्यिुनिकेशन चेयर पर्शन रोमप्रसाद भट्राईले धन्यावाद ज्ञापन गरेका थिए भने सहजीकरण लायन्स क्लव अफ दाङका सचिब चन्दा श्रेष्ठले गरेकी थिइन ।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *