२०८२ माघ ८ गते बिहिवार

प्रहरीलाई झुक्याएर हिरासतबाट भागेका दुइ युवा परे पक्राउ

दाङ, असार १६ । प्रहरीलाई झुक्याएर हिरासतबाट भागेका दुइ युवालाई प्रहरीले फेरि पक्राउ गरेको छ । एक जनालाई भागेकै दिन र अर्का एक जनालाई २४ घन्टापछि प्रहरीले फेरि नियन्त्रणमा लिन सफल भएको छ ।

बर्दियाको मधुवन नगरपालिका वडा नं.५ गाउँ नं.७ का १९ बर्षीय अजय नेपाली र सोही ठाउँका २० बर्षीय राजा नेपालीलाई जंगलमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा पछि असार ८ गते पक्राउ पछि इलाका प्रहरी कार्यालय ढोढेरीको हिरासतमा राखिदै आएका अजय र राजा असार १५ गते बिहान भाग्न सफल भएका थिए ।

थुनुवा कक्षका टिउटी इञ्चार्ज प्रहरी असइले छोडेको चाँबीबाट एउटा चाँबी निकालेर सोही चाँबीले ताला खोली १५ गते बिहान ६ बजेर १० मिनेटको समयमा नेपाली द्धय हिरासतबाट भाग्न सफल भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए ।

ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएका दुइ आरोपित नाटकिय ढंगले प्रहरीको हिरासतबाट भाग्न सफल भएपछि जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीको कमाण्डमा खोजीका लागि प्रहरी टोली परिचालन भएको थियो ।

जिल्ला प्रहरी प्रमुख शाहीसहितको टोलीले खोजी गर्ने क्रममा अजयलाई स्थानीय बेलझुण्डी सामुदायिक वनबाट १५ गते बेलुका नियन्त्रणमा लिएको थियो ।

त्यस्तै अर्का राजालाई भने शनिबार विहान ८ ः ४० बजेतिर स्थानीय डाँफे सामुदायिक वनमा लुकिछिपी बसेको अवस्थामा फेला नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रबक्ता बोहराले बताए ।

घटना अनुसन्धानका लागि जिल्ला प्रहरी प्रबक्ता बोहराको नेतृत्वमा छानविन समिति गठन गर्ने तयारी गरिएको छ । डिएसपी बोहराका अनुसार नेपाली द्धयले डिउटी इञ्चार्ज असइले छोडेको चाँबीको झुप्पा बाट एउटा चाँबी असार १४ गते नै निकालेको खुलेको छ ।
खाना खुवाउनका लागि भित्रबाट उनीहरुलाई बाहिर ग्यालेरिमा निकालेको र त्यही क्रममा उनीहरुले अघिल्लो दिन नै लुकाएको चाँबीले ताला खोलेर भागेको देखिएको बोहराले बताए ।

‘यो घटनामा प्रहरीको संलग्नता छ कि छैन हामी त्यो अनुसन्धान पछि भन्ने छौं,’बोहराले भने ‘यदी प्रहरीको मिलेमतो पुष्टि भएमा डिउटीका प्रहरीलाई पनि कारबाही हुने छ ।’

नेपालीद्धयले स्थानीय एक जना युवालाई कुटपछि गरेपछि पीडित पक्षले उनीहरुका बिरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा दर्ता गरेको हुँदा उनीहरुलाई प्रहरीले पक्राउ गरि हिरासतमा राख्दै आएको थियो । नेपाली द्धयको बिगत नियाल्दा खराव नै देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *