२०८२ माघ १० गते शनिवार

सर्वसाधारणलाई निशुल्क दहि च्युरा


हेमराज शर्मा,घोराही असार १६ । मोबाइल तथा इलेक्ट्रोनिक ब्यावसायी संघ दाङले शुक्रबार सर्वसाधारणलाई दहि च्युरा खुवाएको छ ।

असार १५ गते दहि च्युरा खाने परम्परालाई कायम राख्दै सर्वसाधारणलाई समेत खुवाउने उद्देश्यले चोकमा बसेर दहि च्युरा खुवाइएको मोबाइल तथा इलेक्ट्रोनिक ब्यावसायी संघ दाङका अध्यक्ष शालिकराम खनालले जानकारी दिए ।

घोराहीको तुलसीपुर चोकमा रहेको सहकारी बजारको प्राङ्गणबाट बाटोमा हिड्ने सर्वसाधारणलाई दहि च्युरा खुवाइएको थियो ।

तुलसीपुर चोक भएर ओहोरदोहोर गर्ने पैदलयात्रुलाई बोलाइ बोलाई दहि च्युरा खुवाइएको थियो । यसका साथै
घोराही बजारमा हिड्नेदेखी घोराही
दहि च्युरा खान जानेमा वडा अध्यक्ष, सुरक्षाकर्मी समेत थिए ।

दहि च्युरा खुवाउने कार्यमा मोबाइल तथा इलेक्ट्रोनिक ब्यावसायी संघ दाङका पदाधिकारी, सदस्य दिनभर खटेका थिए ।

आवश्यक पर्ने दहि, च्युरा, केरा लगायतकाको सफा सुग्घर तरिकाले ब्यवस्थापन गरेका कारण खाउखाउ लागेको दहि च्युरा खान पुगेकाले बताएका छन ।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *