२०८२ माघ ३ गते शनिवार

दाङमा ८ प्रतिशत रोपाँई

दाङ, असार १५ । मध्य असारसम्म दाङमा जम्मा ८ प्रतिसत मात्रै रोपाइ भएको छ ।


कृषि ज्ञान केन्द्र दाङका अुनसार जिल्लामा आजसम्म कुल ८ प्रतिशत मात्रै धान रोपाइ भएको छ । जिल्लामा ३९ हजार ४ सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ । लामिछानेका अनुसार विगतको वर्षमा असार १५ सम्म करिब ४० प्रतिशतसम्म रोपाइ भइ सकेको हुन्थ्यो ।

यो वर्ष सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ नाराका साथ सरकारले २०औँ राष्ट्रिय धान दिवस मनाएको छ ।
स्थानीय तहका प्रमुखहरुले पनि जिल्लाका बिभिन्न ठाउँहरुमा धान दिवस मनाउँदै किसानमा उत्साह जगाउने प्रयास गरेका छन् । एकातिर सिंचाइको सुविधा नुहुनु र अर्कौ तर्फ धानका लागि आवश्यक रासायनिक मल नपाउनु जस्ता कारणले किसान खुसी छैनन् ।

दिवसका अवसरमा तुलसीपुर उपमहानगरले वडा नं. १८ को मजगाउँमा पुगेर धान दिवस मनाएको छ । बिभिन्न संघ संस्था र स्कूले बिद्यार्थीपनि धान रोपाइमा सरिक भएका छन् । नेपाल निजमाती कर्मचारी संठन दाङका अध्यक्ष शेरबहादुर केसीले घोराही–१७ डबरीमा धान दिवस मनाइएको जानकारी दिए ।

लामो खडेरी पछि बल्ल जिल्लामा हप्ता दिन यता बर्षा सुरु भएको छ । असारको पहिलो सातादेखि मात्रै जिल्लामा अली गतिलो बर्षा सुरु भएको हुँदा किसानले त्यतिखेर मात्रै ब्याड राख्न पाएका थिए । त्यो ब्याड अझैं रोप्ने भइ सकेको छैन ।

ढिला गरी ब्याडका लागि बर्षा भएपनि यतिखेर जिल्लाका अधिकाँस किसान ब्याड राख्न ब्यस्त छन् । त्यही भएर धान दिवसका दिनपनि जिल्लाका अधिकाँस किसानका खेतहरु बाँझैं भएका हुन । सिंचाई सुबिधा नभएका जिल्लाका अधिकाँस खेत बाँझै छन् ।

जिल्लाको देउखुरी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका केही क्षेत्रमा मात्रै धान रोपाइ भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिए ।


यो अबधिमा राप्ती गाउँपालिकामा सबैभन्दा धेरै रोपाइ भएको उनले जानकारी दिए । सिंचाइ सुविधा उपलब्ध भएका ठाउँका किसानले पहिले नै ब्याड राखेका हुँदा उनीहरुले मात्रै धान दिवसका दिन रोपाइ गर्न पाएको लामिछानेले बताए ।
सिंचाइ सुविधा नहुने र आँकाशे पानीको भर पर्नुपर्ने ठाउँमा भरखरै ब्याड राख्न थालिएको छ ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *