२०८२ माघ १० गते शनिवार

संसदीय पत्रकारको भूमिका महत्वपूर्ण छः सभामुख घिमिरे

काठमाडौं,असार १६ । सभामुख देवराज घिमिरेले सांसद र संसद्को भूमिकालाई जनतासमक्ष पु¥र्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण भएको बताएका छन्।

संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनको उद्घाटन गर्दै आज उनले जनप्रतिनिधिका विषय जस्ताको तस्तै जनतामा पु¥याउने काम महत्वपूर्ण हुने बताए।

‘समाचारको सही विश्लेषण गर्नुपर्ने जरुरी छ। संसद् र संसदीय समितिको काम सञ्चारमाध्यमबाटै जनतासमक्ष पुग्ने हो’, सभामुख घिमिरेले भने, ‘संसदीय पत्रकारले संसद्का प्रत्येक यथार्थ गतिविधि बाहिर ल्याउन भूमिका खेल्नुपर्छ।’ उनले आगामी दिनमा पनि सहकार्य जारी रहने स्पष्ट पारे।

यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय मामिलाका समाचार सम्प्रेषण गर्ने समाजको भूमिका महत्वपूर्ण रहेको बताए। उनले संसदीय समिति र संसदीय समितिमा रहेका विधेयकका विषयमा पनि पत्रकारले लेख्नुपर्नेमा जोड दिए।

उनले मिडिया काउन्सिल विधेयक धेरै मेहनत गरेर तयार गर्दा राम्रो बनेको तर प्रतिनिधिसभामा गएर अघि बढन नसकेको बताए।

यस्तै उपसभामुख इन्दिरा रानामगरले पत्रकार राज्यको ऐना भएकाले संसद्का सही सूचना बाहिर ल्याउन संसदीय पत्रकारको भूमिका उल्लेखनीय रहेको बताईन्।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *