२०८२ पुष ३० गते बुधवार

सन्दर्भ धान दिवस ः किसानसँगै कृषि पढ्ने विद्यार्थी

तुलसीपुर असार १५ । सधैँ झोलाभरि किताब लिएर क्याम्पसमा पढ्ने जाने विद्यार्थी आज भने फरक दृश्यमा देखिए । सधैँ कलम हुने हातमा आज भने रोप्नका लागि विद्यार्थीका हातमा धानका ब्याड थिए ।


मेट्रो कलेजका कृषि विषय पढ्ने विद्यार्थीहरु तुलसीपुर १८ बकुलाहीका किसान जितबहादुर चौधरीको खेतमा धान रोप्न पुगेका थिए । रोप्नका लागि ठिक्क पारिएको खेतमा विद्यार्थी जब मेलो सार्नका लागि धानको ब्याँड लिएर खेतमा पसे अनि जितबहादुर निकै खुसी देखिन्थे ।

कृषि विषय पढिरहेका विद्यार्थी सन्दीप मल्ल्ले किताबमा पढेको कुरा किसानलाई बाँडेको र किसानबाटसमेत व्यवहारिक ज्ञान हासिल गरेको बताए । उनले कृषि पढ्ने विद्यार्थीले माटोलाई चिन्न सक्नुपर्ने समेत बताए ।


हिलाम्य भएर रोपाइ गरिरहेकी अर्की विद्यार्थी स्पन्दन भुषालले माटोमै टेकेर व्यवहारिक ढँगले पढ्न पाउँदा खुसी भएको बताए । उनले ब्याडको बिउँ थोरै र ‘हामीले कक्षामा हरेक दिन पढिरहेका हुन्छौ तर यसरी खेतमै आएर माटो टेक्दै पढ्न पाउँदा धेरै कुरा सिकेको बताए ।


विद्यार्थीसँगै धान रोप्न पुगेका नगरप्रमुख टीकाराम खड्काले माटो चिन्ने र माटोलाई माया गर्ने व्यक्तिलाई कहिल्यै दुःख नपर्ने बताए । उनले कृषिलाई प्राथमिकता दिएर नीति तथा बजेटको व्यवस्थापन गरिएको बताए ।


अर्थ समितिका संयोजक माधव वलीले रैथाने प्रजातिका धानको उत्पादन बढाउन र बजारीकरणमा ध्यान दिन आवश्यक रहेको बताए । कलेजका प्रमुख वसन्त आचार्यले कृषि पढिरहेका विद्यार्थीहरुलाई पढ्दै कमाउँदै अभियानमा सामेल गर्दै आएकोमा धान दिवसका दिन किसानसँगै जोडेको बताए ।


उनले विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासका साथै अनुभवबाट तिखारिएका किसानका सीप सिकाउनका लागि समेत खेतमा विद्यार्थीहरुलाई किसानसंगै रोप्नका लागि लगेको बताए ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *