२०८३ कार्तिक २६ गते बुधवार

तुलसीपुरको स्टार चोकमा दुर्घटना चार जना घाइते, एक जनाको अवस्था गम्भीर

तुलसीपुर, असार १५ । तुलसीपुरको स्टार चोकमा शुक्रबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किदा चार जना घाइते भएका छन् । घाइते मध्य एक जनाको अवस्था गम्भीर छ ।

दुर्घटना बिहान साढे ८ बजेतिरको भएको दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का ५८ बर्षीय खोपीराम अधिकारीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


मोटरसाइकलको पछाडि सवार उनको टाउको , अनुहार लगाएतमा गहिरो चोट पटक लागेको छ ।
घाइते अधिकारीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।


ऋधिकारी तुलसीपुर – १६ लहलौराका ५६ बर्षीय नवराज डाँगीले चलाएको मोटरसाइकलको पछाडि सवार थिए । डाँगीको खुट्टामा चोट रहेपनि अवस्था सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि रा ४ प २८६६ नम्मरको मोटरसाइकल चालक तुलसीपुर – ६ डुर्मीगाउँका २४ बर्षीय दिपेश चौधरी र उनको पछाडि सवार सल्यान जिल्लाको शिद्धकुमाख गाउँपालिका – २ का १८ बर्षीय सुनिल बुढाथोकी घाइते भएका छन् । चौधरीको अवस्था मध्यम छ भने बुढाथोकीको अवस्था सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।
डाँगीले चलाएको रा १ प ८४४६ मोटरसाइकल तुलसीपुर बजार तर्फ आइरहेको थियो भने बिपरित दिशा दक्षिण तर्फ गइरहेको थियो ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *