२०७७ माघ ३ गते शनिवार

नेपालले मलेसियालाई हरायो

काठमान्डौं, वैशाख २ । मलेसिया विरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत जारी एसिया छनोटको खेलमा नेपालले सोमवार पछिल्लो जित निकालेको हो ।

क्वालाम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ८ विकेटले हराएको हो ।
नेपाललाई जित दिलाउन रित गौतमले नटआउट ३९, आशिफ शेखले २६, पवन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रनको योगदान दिए ।

९३ रनको लक्ष्य पाएको नेपालले १३ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टाउन सफल भएको हो । नेपालका लागि पवन सर्राफ र कुशल मल्लले समान ३–३ विकेट लिएका थिए । यसअघिका दुई खेलमा एकमा जित र अर्कौमा नेपालले हार व्यहोरेको थियो ।

 

प्रकाशित मिति : २०७६ बैशाख २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *