२०८२ माघ ४ गते आइतवार

सुचना प्रविधिमा महिलाको पहुँच विषयक सचेतना मुलक कार्यक्रम सम्पन्न

घोराही,असार १४ । स्वच्छ नेपालको आयोजना र नेपाल टेलिकमको प्रायोजनमा घोराही उपमहानगरपालिका वडा नं.१७ मा सञ्चार तथा सुचना प्रविधिमा महिलाको पहुँच विषयक सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।


स्वच्छ नेपालका अध्यक्ष विन्दु गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष रामलौटन चौधरीले अहिलेको युग सुचना र प्रविधिको युग भएको बताउदै सुचना र प्रविधिले मानिसको जनजिवन सहज वनाएको बताए ।


उनले सुचना र प्रविधियुक्त वडा बनाएर नागरिकलाई सहज सेवा दिन आफु लागि परेको पनि बताए । हरेक नागरिकको पहुँच सुचना र प्रविधिमा हुनुपर्ने बताउदै उनले यसको प्रयोगमा सावधानी अपनाउनु पनि त्यतीकै जरुरी रहेको बताए ।


कार्यक्रममा दलित महिला सदस्य शिवा बिकले महिलाको पहँुच सुचना र प्रविधिमा हुन जरुरी रहेको बताउदै यसको उचित प्रयोगले महिलाको जनजिवन सहज हुने बताए । उनले अहिले सामाजिक सञ्जाल तथा सुचना प्रविधिले किशोरकिशोरी तथा महिलाहरुमा अनेक प्रकारका हिंसा हुने गरेको बताउदै यसको उचित प्रयोगका बारेमा जानकारी लिन यस्ता कार्यक्रमहरुले सहयोग पुग्ने बताए ।


त्यस कार्यक्रममा सहभागीहरु वालकल्वका अध्यक्ष पुष्पा वुढाथोकी, सहभागी भुमा वली लगाएतले नेपाल टेलिकमको सेवा,यसको प्रभावकारिता,सुचना संचार र आमसंचार सामाजिक सञ्जाल यसको प्रयोग,यसको फाइदा – वेफाइदाबारे जानकारी पाएको बताउदै ग्रामिण क्षेत्रमा गरिएको यस प्रकारको सचेतनामुलक कार्यक्रम टोलबस्तीसम्म लैजानु पर्ने बताए ।


यस्तै कार्यक्रममा दाङ महिला जेसिजका अध्यक्ष नारायणी भण्डारीले अहिले सुचना र प्रविधिको दुरुपयोग गरि महिला तथा किशोरी माथी हिंसा हुने गरेको बताउदै यसको प्रयोगमा सावधानी अपनाउनुपर्ने बताए । स्वच्छ नेपालका सदस्य प्रतिक्षा अधिकारीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा संस्थापक अध्यक्ष सुशिला पौडेल विषयवारे जानकारी गराए ।


कार्यक्रममा सहभागीहरुलाई नेपाल पत्रकार महासंघका अध्यक्ष बसुन्धरा गौतमले प्रशिक्षक रहेका थिए भने कार्यक्रमको सहजीकरण स्वच्छ नेपालका सचिव रेखा शर्माले गरेका थिए । उक्त कार्यक्रममा ३५ वढी महिलाहरुको सहभागीता रहेको रहेको थियो ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *