२०८२ माघ ३ गते शनिवार

बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

सर्ने भन्दा पनि नसर्ने रोगको महामारी चुनौती बन्दै छ ः स्वास्थ्यमन्त्री खनाल

बाँके,असार १४ । बाँके जिल्लालाई बुधवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले एक कार्यक्रमका बीच बाँकेलाई लुम्बिनी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।

जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपपछि आज जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दे लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले खोपको सुरुवातसंगै महामारी रोगहरु नियन्त्रणमा रहेको बताए ।

कुनै बेला महामारीकै कारण मानिसहरुको ज्यान जाने गरेका घटनाहरु सुन्दै आइएको स्मरण गर्दै उनले अहिले खोपको प्रभावकारीतासंगै त्यसता महामारीका रोग नियन्त्रणमा रहेको बताए ।

बाँकेलाई पूर्ण खोप सुनिश्चितता दीगोपना घोषणा सभालाई आज नेपालगन्जमा सम्बोधन गर्दै मन्त्री खनालले अहिले सरुवा रोगको महामारी भन्दा पनि नसर्ने रोगको महामारी चुनौती बनेर आएको बताए ।

अहिले नसर्ने रोगको महामारी देखिएको छ । यसबारेमा जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक देखिएको छ उनले भने,–देश सरकारले सीमित स्रोत साधनका बीचपनि नसर्ने रोग नियन्त्रणमा बजेटको ब्यबस्था गरेको छ ।

उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक कामको थालनी गरेको बताए । निश्चित बजेट र सीमित स्रोत साधनका बीच पनि प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरि लागि परेको बताए ।

उनले स्वास्थ्य संस्थाहरुमा विशेषज्ञ चिकित्सकसहितको सेवा प्रबाह गर्ने गरि सरकार लागिपरेको पनि उल्लेख गरे ।

यस्तै लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीले कुनैपनि बालबालिका खोपबाट वंचित नहोस् भन्ने सवालमा सबै गम्भीर हुनु पर्ने बताए । उनले नेपाल सरकारले तोकेका खोपहरु लक्षित बालबालिका सबैले पाउनुपर्ने बताए । त्यसकालागि स्वास्थ्यकर्मीहरु चनाखो हुनुपर्ने उनको भनाई छ ।

यस्तै लुम्बिनी प्रदेशसभाका अर्का सदस्य वाद शाह कुर्मीले रोगबाट सुरक्षित हुन खोप जरुरी रहेको बताए ।
उनले अझै पनि सबै बालबालिकाले खोप नपाएको भन्दै स्वास्थ्यकर्मीको ध्यानाकर्षण गराए । मधेसी तथ मुस्लिम समुदायमा जनचेतनाको अभावमा बालबालिकाले नियमित खोप नपाएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिब डा जनार्दन पन्थी, लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद गिरी,नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिकाको तर्फबाट खजुरा गाउँपालिका(२ का वडा अध्यक्ष धनराम वली, बर्दिया स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरी,
स्वास्थ्य स्वमसेविका जिल्ला संयोजक नारायणी रुपाखेती लगायतले बोलेका थिए ।

जिल्ला खोप समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने खोप फोकल पर्सन नरेश श्रेष्ठले कार्यक्रमको संचालन गरेका थिए ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *