२०८२ माघ ४ गते आइतवार

रुपन्देहीमा आमाको हत्याको आरोपमा छोरा पक्राउ

रुपन्देही,असार १३ । आमाको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा छोरालाई पक्राउ गरेको छ ।

रुपन्देही प्रहरीका अनुसार पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय शिवकुमार मुशहरलाई प्रहरीले रुपन्देहीको गैडहवा गाउँपालिका–८ मैनहवाबाट पक्राउ गरेको हो ।

शिवकुमारले पारिवारिक विवादको क्रममा ५० वर्षीया आमा बुद्धिरानी मुसहरलाई धारिलो हतियारले प्रहार गरेका थिए ।

घाँटीमा धारिलो हतियार प्रहार गरेपछि बुद्धिरानीको घटनास्थलमै मृत्यु भएको थियो । आमाको हत्यापछि फरार भएका शिवकुमार रुपन्देहीको गैडहवामा आएर लुकेका थिए । घटना हिजो भएको थियो ।

प्रकाशित मिति : २०८० असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *