तुलसीपुर, असार १३ । लुम्बिनी प्रदेश सरकारले आजबाट बजेटमाथि छलफल सुरु गर्दै छ ।
असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार बराबरको बजेट लम्बिनी प्रदेश सरकारले ल्याएको थियो ।
त्यसमाथि बुधबारदेखि दफाबार छलफल सुरु हुन थालेको हो । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ।
असार १० गतेबाट बजेटमाथि छलफल गर्ने भनिएपनि तयारी नपुगेको भन्दै सभामुखको आग्रहमा उक्त दिन सूचना टाँसेर बैठक स्थगित गर्नु परेको संसद सचिवालयका सदस्य दुर्लभ पुन मगरले यसअघि जानकारी दिएका थिए ।
अर्थमन्त्री धनबहादुर मास्कीले आँफुखुसी बजेटमा चलखेल गरेको भन्दै नेकपा माओबादी केन्द्रबाट निर्वाचित केही सांसदहरुले समेत बिरोध जनाएपछि त्यसको ब्यबस्थापनका लागि समय लम्बाइएको स्रोतले बतायो ।
आजदेखि आर्थिक वर्ष २०८० ÷ ०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि दफाबार छलफल हुन थालेको हो ।