२०८२ माघ ४ गते आइतवार

स्थापना दिवसका अवसरमा बृक्षारोपण

तुलसीपुर,असार १२ । त्रिभुबन बिश्वविद्यालयको ६४ औ स्थापना दिबसको अवसरमा स्वतन्त्र बिद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङले एक कार्यक्रमका बिच क्याम्पस परिसरमा वृक्षारोपण गरि स्थापना दिवस मनाएको छ ।

स्वतन्त्र बिद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङले सामाजिक उत्तरदायित्व अन्तर्गत बृक्षारोपण कार्यक्रम गरेको हो ।

मंगलबार महेन्द्र बहुमुखी क्याम्पस परिसर दाङमा आयोजित कार्यक्रममा स्व.वि.यु तथा कार्यक्रमका अध्यक्ष मनोज डि।सी, प्रमुख अतिथि क्याम्पस प्रमुख एबम स्व.वि.यु संरक्षक भरतराज न्यौपाने, बिशिस्ठ अथिति कुलराज पोख्रेल, स्व.वि.यु सचिव वसन्त प्रशाद भण्डारी, उपस्थित शिक्षक कर्मचारीहरु, विभिन्न संगठनका पदाधिकारीहरु, बिद्यार्थीहरु लगाएतले धुपी, गुलमोहोर र कपुर प्रजातिका बिरुवाहरु बृक्षारोपण गरेका थिए ।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *