२०८२ पुष ३० गते बुधवार

वृत्ति–मार्गनिर्देशन कार्यक्रम अन्र्तगत तालिम सम्पन्न

दाङ, असार १२ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुर काठेकोहलमा रहेको सरस्वती माध्यमिक विद्यालयमा वृत्ति–मार्गनिर्देशन कार्यक्रम अन्र्तगतको ६ दिने तालिम आज मंगलबार समापन गरिएकोे छ ।

घोराही उपमहानगरपालिकाको आयोजना एंव दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजनाको सहयोगमा माध्यमिक तहको पढाईको शुरुमै कक्षा ९ मा पढ्ने विद्यार्थीहरुलाई आफूले जीवनमा गर्ने काम बारे बिस्तृत योजना बनाउन सहयोग गर्ने उद्देश्यले वृत्ति–मार्गनिर्देशन कार्यक्रम अन्र्तगत तालिम गरिएको थियो ।

सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक वसन्ता पौडेलको सभापतित्व एंव घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि तालिमको समापन गरिएको हो ।

तालिमको समापन गर्दै मेयर चौधरीले विद्यार्थीलाई उनीहरुको रुचि, खुवी र क्षमता अनुसार बृत्ति निर्माणमा सहयोग गर्नका लागि उपमहानगरपालिकाले कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा बोल्दै उनले शिक्षक र विद्यार्थीबिच सौहार्दपूर्ण वातावरण र विद्यार्थीले धक खोलेर शिक्षकसँग अन्र्तक्रिया गर्न सके मात्रै प्रभावकारी शिक्षण सिकाई हुने बताए ।

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले नयाँ बिधि र पद्धति अनुसार शिक्षण सिकाई क्रियाकलाप अघी बढाउनका लागि उपमहानगरपालिकाले बिषेश योजनाका साथ काम थालेको बताए ।

उपमहानगरपालिकाको सामाजिक बिकास महाशाखाका प्रमुख बिनोद गौतमले विद्यार्थीहरुले समयमै बृद्धि रोज्नका लागि सचेतिकरण र आवश्यक ज्ञान सिप दिने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

बृत्ति कार्यक्रम कार्यान्वयनका लागि छनौट गरिएका वृत्ति मार्ग निर्देशक शिक्षक मार्फत कक्षा ९ मा ६ दिने र ती विद्यार्थीहरु १० कक्षामा पुग्दा थप एक दिनको तालिम दिने व्यवस्था गरिएको छ ।

आप्mनो वृत्तिप्रति सचेत नहुँदा विद्यार्थीहरुमा थुप्रै समस्या आएपछि विद्यार्थीहरुमा वृत्तिबारे र आफुलाई उचित हुने वृत्ति पत्ता लगाई सोही बाटोमा अगाडी बढाउने उद्देश्यले बृत्ति मार्ग निर्देशन कार्यक्रम कार्यान्वयन गरिएको गौतमले बताए ।

विद्यालयमा वृत्ति–मार्गनिर्देशन कार्यक्रम कार्यक्रममा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई विद्यार्थीहरुको क्षमताको पहिचान, रुचि र खुबी अनुसारको बृत्ति छनौट, बृत्ति र जागिरबारे बिस्तृत जानकारी, नेपालको शिक्षा प्रणाली, आफ्नो बृत्ति निर्माण तथा त्यसको कार्यान्वयनका बारेमा जानकारी दिने गरी योजना बनाएर काम भइरहेको गौतमको भनाई थियो ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यान्वयनमा ल्याएको बृत्ति मार्ग निर्देशन कार्यक्रमबाट विद्यार्थीहरुले आफ्नो लागि सही वृत्ति छान्ने गरेको,बृत्ति–विकासबारे स्पष्ट दृष्टिकोण बनाउने गरेको, आफुले छनौट गरेको वृत्तिपथमा अगाडि बढ्न आवश्यक सीपको बारेमा सचेत हुने गरेको र वृत्ति–विकासको लागि जीवनमा आउने अवसरहरूको प्रयोग गर्न सक्ने पाइएको जनाइएको छ ।

तालिमको प्रशिक्षकहरुमा वृत्ति मार्ग निर्देशक थिए । कक्षा ९ मा पढ्ने विद्यार्थीहरुलाई दुइ वटा समूहमा बिभाजन गरी तालिम दिन शुरु गरिएको विद्यालयले जनाएको छ । तालिममा ४० जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।

तालिम समापन कार्यक्रममा घोराही उपमहानगरपालिका सामाजिक बिकास महाशाखाका मोतिराम न्यौपाने, बिपना बर्तौला, बृत्ति मार्ग निर्देशक माधव पौडेल, तालिममा सहभागि विद्यार्थी आशा नेपाली र राजकुमार चौधरी लगायतकाले बोलेका थिए ।

समापन कार्यक्रमको सहजीकरण शिक्षक हेमराज शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *