२०८३ जेष्ठ १६ गते शनिवार

रुकुमको स्यार्पु तालमा डुबेर एक छात्रा बेपत्ता

दाङ, असार १२ । रुकुम पश्चिमको स्यार्पु तालमा डुबेर एक जना ११ बर्षीया छात्रा बेपत्ता भएकी छन् ।

जिल्लाको बाफिकोट गाउँपालिका वडा नं. ३ अनिगाउँकी ११ बर्षीया टीका बिक मंगलबार दिउँसो साढे १ बजेतिर तालमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको र खोजी कार्यजारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रबक्ता धनबहादुर खड्काका अनुसार स्यार्पु माविमा कक्षा ४ मा अध्यनरत बिक दिउँसो मध्यान्तरको समयमा बिक आफ्ना साथीहरु संगै पौडी खेल्न भनेर तालमा गएकी थिइन ।

पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएपछि उनका साथीहरुले बिद्यालयमा खवर गरेका थिए । तीन बजेतिर बालिका डुबेको सूचना विद्यालयले प्रहरीलाई दिएपछि प्रहरी र स्थानीयले खोजी सुरु गरेका छन् ।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *