बुटवल,असार १२ । बुटवलको बेलबासमा आज बिहान बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बसको ठक्करबाट तिलोत्तमा–४ का २७ वर्षीय सञ्जय सुनारको मृत्यु भएको हो ।
बुटवल–१३ शान्तिचोकमा लु २९ प ८६८३ नम्बरको स्कुटरलाई सुर्खेतबाट वीरगञ्जका लागि छुटेको प्रदेश ३-००१ ख ०५७१ नम्बरको बसले ठक्कर दिएको हो ।
प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार