२०८२ माघ ४ गते आइतवार

अरबौँ रकम ठगी आरोपमा शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ

काठमाडौँ ,असार १२ । अरबौँ रकम ठगी गरेको आरोपमा शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्।

नेपाल प्रहरीको सिआइबीको टोलीले उनलाई भारतको मुम्बईबाट पक्राउ गरेको हो। उनीमाथि १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप छ।

सिआइबी स्रोतका अनुसार उनलाई सोमबार मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरी ल्याइएको हो।

रकम हिनामिना पारी अध्यक्ष फरार भएपछि बचतकर्ताहरू संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि सिआइबी र सहकारी विभागमा उजुरी दिएका थिए।

बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि पनि फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरूले जाहेरी दरखास्त दिएपछि सिआइबीले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानको क्रममा सीआइबीले यही असार १ गते एक सूचना जारी गरी काठमाडौँ र ललितपुर जिल्ला भित्रका सेवा केन्द्रहरूमा निक्षेपकर्ता सदस्यहरूले जम्मा गरेका रकम हिनामिना भइ ठगी हुन गएको भए प्रमाणसहित जाहेरी दिन आह्वान गरेको थियो।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *