२०८२ माघ १० गते शनिवार

दाङमा बढ्दै मानव अधिकार उल्लंघनका घटना

तुलसीपुर,असार ११ । दाङमा मानव अधिकार उल्लंघनका घटना बढ्दै गएका छन । जिल्लामा यस वर्ष पनि मानव अधिकारको अवस्थामा उल्लेख्य सुधार हुन नसकेको तथ्याङ्कहरुले देखाएका छन । अहिले पनि नागरिकका मौलिक हकको कार्यान्वयन हुन सकिरहेको छैन ।


हत्या,हिंसा,बलात्कार,बेचबिखन,धम्की,दुव्र्यवहारका घटना राज्य तथा गैरराज्य पक्षबाट भई नै रहेका छन । दाङमा बितेको ६ महिनामा १ सय ५७ वटा विभिन्न मानव अधिकार उल्लंघनका घटनाहरु भएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले सोमवार तुलसीपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अभिलेख गरिएका घटनाहरुको प्रकाशन पुर्व आयोजना गरेको अर्धवार्षिक समिक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।


वर्ष पुस्तकका लागि २०२२ जनवरी देखि जुन २४ सम्म दाङमा अभिलेख गरिएका घटनाहरुको विवरण सार्वजनिक गर्दै इन्सेक दाङका प्रतिनिधि जेएन सागरले यस विचमा विभिन्न प्रकृतिका १ सय ५७ वटा मानव अधिकार उल्लंघनका घटना भएको र त्यसबाट १ सय ६६ जना व्यक्तीहरु पिडित भएको जानकारी दिए । उनका अनुसार दाङका घरेलु हिंसाका घटना बढ्दो क्रममा देखिएको छ । यहाँ घरेलु हिंसाका ६४ वटा घटना भएका छन ।

त्यस्तै बलात्कारका ३९,यौन दुव्र्यवहार १२,बन्द–हड्ताल १२,दुव्र्यवहार ५,बलात्कारको प्रयास १,कपथत बोक्सीको आरोपमा १,हत्या ४,अपहरण तथा शरिर बन्धक १,मानव बेचविखन तथा ओसारपसार ४,कुटपिट ४,बालविवाह ३,बहुविवाह ३,र्सावजनिक सम्पत्ती टोडफोडका २ वटा घटना भएका छन ।

मानव अधिकार उल्लंघनका घटनाहरुबाट १०४ जना महिला पिडित छन । त्यस मध्येमा २० जना महिला,३२ जना बालिका यौनजन्य हिंसाबाट पिडित छन । त्यस्तै यी घटनाहरुबाट ६० जना पुरुष पनि पिडित रहेको इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ । यी सबै घटनाहरु राज्य पक्षबाट ५,गैरराज्यपक्षबाट १ सय ४७ र अज्ञात पक्षबाट ५ भएका छन ।


अर्धवार्षिक समिक्षा कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलिले नागरिकलाई मानव अधिकारको प्रत्याभुति दिलाउन संस्कार बदल्नुपर्ने बताए । ‘हामीले संस्कार बदल्न सकेनौ भने समाज रुपान्तरण हुर्दैन र व्यवस्था टिकाउन पनि सकिदैन,‘वलिले भने । ’ समाजमा हुने कुरिति कुसंस्कारलाई निराकरण गर्न सबै आ–आफ्नो तहबाट लाग्नुपर्नेमा जोड दिए ।


त्यस्तै उच्च बार इकाई तुलसीपुरका सदस्य श्रीराम चौधरीले मानवअधिकारका घटनाहरु वर्षेनि बढ्दै जानु चिन्ताको विषय भएको भन्दै यसलाई रोक्न सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दो क्रममा रहेको भएपनि उनीहरुको एकिन तथ्याङ्क संकलनमा भने खासै ध्यान नपुगेको बताए ।


रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर कारागारका प्रमुख चिन्तामणी रेग्मीले मानव अधिकार उल्लंघनका घटनाहरुलाई रोकथाम गर्नका लागि स्थानीय पाठ्यक्रममा विभिन्न चेतनास्तरका विषयबस्तुलाई समेट्नुपर्ने बताए । उनले मानव अधिकार उल्लंघनका घटनालाई न्युनीकरण गर्न राजनितिक तहबाट प्रतिबद्धता जनाउन आवश्यक रहेको बताए ।

त्यस्तै महिला अधिकारकर्मी सुस्मा गिरीले मानव अधिकार उल्लंघनका घटनालाई न्युनीकरण गर्नका लागि इन्सेकले खेलेको महत्वपुर्ण रहेको बताइन । उनले दिनप्रतिदिन बढ्दो क्रममा रहेको मानव अधिकारका घटनाहरुलाई न्युनीकरण गर्न स्थानीय पालिकाले लैगिंक मैत्री बजेट ल्याउनुपर्ने र मानविय विकास सगैं सामाजिक विकासलाई जोडेर लैजानुपर्नेमा जोड दिइन ।


त्यस अवसरमा नेपाली कांग्रेस तुलसीपुर नगरका सचिव बिमल पौडेल,इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरिक्षक प्रबल केसी लगाएतले विगत देखि नै मानवअधिकार उल्लंघनका क्षेत्रमा धेरै काम भए पनि घटनामा भने कमी नआएको बताउँदै अब ति घटनामा कमी नआउनुको कारण खोज्न सबै सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *