दाङ, असार ३ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१ मा झाडापखालाका बिरामी बढेका छन् ।
तुलसीुरको बिकट बिकट बस्तिमा झाडा पखालाका बिरामी बढेको सुनपुर टोलका अध्यक्ष बीरबहादुर मण्डारीले जानकारी दिए ।
भ्ण्डारीले आफ्नो टोलमा मात्रै १५ जना जतिमा झाडा पखालाको समस्या देखिएको बताए । पानीका कारण झाडा पखालाका बिरामी बढेको अनुमान गरिएको छ । स्थानीयले काठेखोला मुहानको पानी पिउँदै आएका छन् ।
पवननगर खानेपानी संस्था अन्तरगत तीन चार वटा मुहानको पानी स्थानीयले उपभोग गर्दै आएको भएपनि अधिकाँस मुहानहरु सुक्न थालेको तथा दुसित भएको हुँदा त्यसैबाट झाडा पखाला फैलिएको आशंका गरिएको छ ।
तुलसीपुर – १ का वडाध्यक्ष होमकान्त सापकोटालेले स्थानीयमा झाडा पखाला, वान्ता, आँउ जस्ता समस्या देखिएपनि शनिवार नै पानी परीक्षणका लागि तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा पठाइएको जानकारी दिए ।
रिपोर्ट आएपछि बल्ल स्थानीयमा देखिएको समस्याको कारण निदान गर्न सहज हुने उनले बताए । रिपोर्ट पछि दुसित पानीको असरले हो वा अन्य कारणले नुमना परीक्षणपछि भन्न सहज हुने उनको भनाइ थियो ।
केही विरामीको उपचार स्थानीय मेडिकल र केहीको तुलसीपुर बजारका अस्पतालहरुमा गराइ रहेको वडाध्यक्ष सापकोटाले जानकारी दिए ।
