२०८३ बैशाख ४ गते शुक्रवार

क्यानसगं सम्झौता गरि टरिगाउँ एयरपोर्ट बनाउँछौं – मुख्यमन्त्री चौधरी

तुलसीपुर,असार ३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नागरिक उड्डयन प्राधिकरण (क्यान) सगंको सम्झौता अनुसार टरिगाँउ एयरपोर्ट बनाउने बताएका छन ।

आइतवार दाङको तुलसीपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले क्यानसगंको सम्झौता बिना एयरपोर्ट बनाउन नसकिने प्राबिधिक समस्या रहेका कारण सम्झौता गरि साझेदारीमा एयरपोर्ट बनाइने बताएका हुन ।

उनले दाङको टरिगाँउ एयरपोर्ट लुम्बिनी सरकारको प्राथमितामा परेको पनि बताए । ‘क्यानसंग सम्झौता नगरेर हामीले केही काम गर्न नसक्ने रहेछौं र धेरै टेक्निकल समस्या हुने रहेछन’, मुख्यमन्त्री चौधरीले भनेका थिए ‘आउने महिनामा हामीले क्यानसगं सम्झौता गछौं र सोही अनुसार काम अघि बढाउछौँ ।’

महेन्द्र नगरको एयरपोर्ट जस्तै क्यानले आधा लगानी गर्ने र प्रदेश सरकारले आधा लगानी गरेर एयरपोर्ट बनाउने गरि तयारी गरिएको उनले जानकारी दिएका थिए । स्थानीय पालिका संग मिलेर प्रदेश सरकारले आधा बजेट छुट्याउने र बाँकी रकम क्यानले छुट्याउने गरि साझेदारीमा एयरपोर्ट निर्माण गरिने उनले बताएका थिए ।

‘प्रदेश सरकारले एयरपोर्टको आफैले टेण्डर गर्न नपाउदों रहेछ,’उनले भने,‘त्यसैले हामीले क्यानसगं एउटा सम्झौता गर्नै छौं र प्रदेश सरकार र क्यानको आधा–आधा लगानीमा एयरपोर्ट बनाउने तयारीमा जुटेका छौँ ।’


त्यस्तै उनले लुम्बिनी प्रदेश सरकारले युवा रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । सोही अनुसार प्रदेश सरकारले हरेक गाउँमा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई पु¥याउने लक्ष्य राखेको पनि बताए ।

साथै उनले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल,थारुहरुको उद्यगमस्थल दंगीशरण,ग्वारखोलाको ‘हाइड्याम्प’का लगाएत विभिन्न कामहरुलाई मुख्य प्राथमिकतामा राखेर बजेटहरु बिनियोजन गरेको समेत जानकारी गराए ।


नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा उपाध्यक्ष गोपाल शर्मा भट्राईले स्वागत गरेका थिए भने सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *