काठमाडौं,जेठ २८ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । अर्को बैठक भोलि सोमबार अपराह्न १ बजे बस्ने कार्यसूचीसहित आजको बैठक सकिएको हो ।
आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमाथिको छलफल पनि सकिएको छ ।
भोलिको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेटउपर उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
सरकारले गत १५ गते दुवै संघीय सदनको संयुक्त बैठकमार्फत प्रस्तुत गरेको बजेटमाथि गत सोमबारदेखि छलफल चलेको थियो ।
प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार