तुलसीपुर,जेठ २७ । बिजौरी उद्योग वाणिज्य सघंको १० औँ साधारणसभा तथा ४ औँ अधिवेशन भएको भएको छ । सघंले शनिवार एक कार्यक्रमको आयोजना गरि १० औँ साधारणसभा तथा ४ औँ अधिवेशन गरेको हो ।
सघंका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले बिजौरी क्षेत्रको बजार प्रवद्र्धनका लागि बिजौरीको वडा नम्बर १९ र १८ एकिकृत जग्गा विकास क्रमका कार्यान्वयनका लागि विस्तृत विवरण प्रतिवेदन(डिपिआर)को काम अघि बढाइएको बताए ।
उनले यस क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउनका लागि यातायात कार्यालयलाई दिगो रुपमा व्यवस्थापनका लागि पालिकाकै समन्वयनमा आवश्यक पर्ने जग्गाको व्यवस्थापन गरिएको बताए । उनले यातायात कार्यालय व्यवस्थापन हुन नसक्दा सेवाग्राही र सडक समेत अस्तव्यस्त बन्दै गएकाले तत्कालै सबैको सहयोगबाट यातायात व्यवस्था कार्यालय व्यवस्थापनमा जुट्नुपर्ने बताए ।
नगरप्रमुख खड्काले यस क्षेत्रको समग्र विकासका लागि साल्ट ट्रेडिङ कार्यालय, नेपाल आयल निगमको डिपो कार्यालयको लागि आवश्यक पर्ने जग्गाको व्यवस्थापन पालिकाको तर्फबाट भइसकेको बताए । उनले ऐतिहासिक बिजौरी बजार र तुलसीपुरकै आर्थिक गतिविधि बढाउनका लागि बिजौरी बाँसगढी श्रीचौर होलेरी सडकखण्ड निर्माणमा विशेष ध्यान दिइएको बताए ।
उनले त्यस सडकखण्डमा पर्ने खोलाहरुमा पालिकाकै बजेटबाट वर्षायाममा यातायात सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएको बताए ।
कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालय विकास समितिका अध्यक्ष कृष्ण बस्नेत, जनता विद्यापीठका पूर्व प्राचार्य ईश्वर पोख्रेल, नेपाल रेडक्रस सोसाइटी दाङ शाखा सभापति मदनकुमार शर्मा, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, दाङ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल, जनता विद्यापीठका लेखाप्रमुख नवीनकुमार पोख्रेल,नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, नेकपा एमालेका जिल्ला कमिटि सदस्य शेरबहादुर खड्का,बिजौरी उद्योग वाणिज्य संघका पूर्व सल्लाहकार विष्णु चौधरी,संस्थापक प्रेस सल्लाहकार गोकर्ण पौडेल, उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु मुकेश वली, कमानसिंह खड्का, जनता संस्कृत मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमबहादुर डाँगी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस अवसरमा सघंका कोषाध्यक्ष चित्रबहादुर खडकाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने महासचिव बिदुर गौतमले सागठनिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सघंका उपाध्यक्ष बालकृष्ण रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव विदुर गौतमले गरेका थिए ।
कार्यक्रममा संस्थाका संस्थापक पदाधिकारी,सल्लाहकारहरुलाई सम्मान गरिएको थियो । बिजौरी उद्योग वाणिज्य सघंमा हाल ६ सय २३ जना उद्योगी व्यापारीहरु छन ।
साथै उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखा र बिजौरी उद्योग वाणिज्य संघले संयुक्तरुपमा निर्माण गरेको सभाहलको उद्घाटन गरिएको छ । सभाहलको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले गरेका थिए ।
