२०८३ भाद्र ३१ गते बुधवार

दाङका तिन पालिकामा सामुदायिक सुरक्षाजालो कार्यक्रम सुरु


दाङ,जेठ २५ । दाङमा सामुदायिक सुरक्षाजालो कार्यक्रम शुरु भएको छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा जिल्लाका बङलाचुली , घोराही र दङ्गिशरण गाँउपालिकामा कार्य क्षेत्र रहने गरि कार्यक्रम शुरु भएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिइन ।

कार्यक्रमले बिपदका कारण अप्ठेरोमा परेका मानिसको जिबन रक्षाको लागि योगदान गर्ने छ ।

त्यसमा प्राकृतिक र मानब र्सिजित दुबै थरीको बिपदमा परेकाहरुको सेवाको लागी अपातकालीन राहात कोषको ब्यबस्थाका लागि मानसिक स्वास्थ्य परार्मश सेवा ,अल्पकालीन राहातको ब्यबस्था ,तथा अति बिपन्न समुदायका बालबालीकाको लागी शैक्षिक सामाग्री सहयोग लगाएतका कार्यहरु गर्ने सस्थाले जनाएको छ ।

कार्यक्रमको अबधि साडे दुई बर्षको हुने छ । गत बैशाष महीना देखी शुरु भएको सुरक्षाजालो कार्यक्रम अन्र्तगत छनोटमा परेका पालिका स्तरका सरोकारवालाहरुसग कार्यक्रमको बारेमा जानकारी , घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अति बिपन्न समुदायका २१जना बादी बालबालीकाहरुको लागी शैक्षिक सामाग्री बितरण , बगलाचुली गाउपालिका वडा नम्बर १का अग्नीपिडित मुकुन्द कुवरका परिवारलाई सिरक डसना सिरानी, ४ जना स्कुले बिद्यार्थीका लागि शैक्षिक सामाग्री र खाध्यान्न लगाएतको राहात सामाग्री बितरण गरेको छ ।

यसैबिच सस्थाले बगलाचुली गाउपालिकामा सरोकारवाला निकाय बिचको एक दिने अभिमुखकरण कार्यक्रम गरेको छ ।

सस्थाका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता र गाउपालिकाका अध्यक्ष तुलसीराम पुनको प्रमुख आतीथ्यता तथा गाउपालिकाका उपाध्यक्ष भक्त बहादुर जिसीको बिशिष्ट आतीथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै गाउपालिकाका अध्यक्ष तुलसीराम पुनले बगलाचुली गाउपालिका लुम्बिनी प्रदेशमै बिपदको उच्च जोखीमममा रहेको बताए ।

उनले बगलाचुली वडा नम्बर ७को ढाबा बस्ती बगेको तिन बर्ष भएपनि अहिलेसम्म पुर्ण रुपमा पुन: निर्माण गरिसकेको बताए ।

बगलाचुलीको २सय ३६ घरहरु बिपदको उच्च जोखीममा रहेको र सो बारेमा भुर्गबबिदहरु सग परार्मश गरेतापनी ठोस निश्कर्ष आउन नसकेको पुनको भनाई थियो ।

कार्यक्रम सयोजक लिला शाहको बिषय प्रबेशबाट शुरु भएको कार्यक्रममा जालपा लघुबित्त बितिय सस्थाका लुम्बीनी प्रदेश प्रमुख पबन योगीले नेपाल महीला सामुदायिक सेवा केन्द्रले स्थापना काल देखी अहीले सम्म सस्थाले गर्दे आएका कृयाकलापको बारेमा जानकारी गरानुका साथै सामुदायिक सुरक्षाजालोको उदेश्यबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा बगलाचुली गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकानत शर्मा, बिपद ब्यबस्थापन शाखा प्रमुख शिक्षा शाखा प्रमुख वडा अध्यक्षहरु, स्वास्थय शाखा लगाएत बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधि र वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण सस्थाका आरके शितलले गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *