२०८३ असार २९ गते सोमवार

गर्मी अत्याधीक बढेपछि घोराहीमा पानी पार्न पुजापाठ

घोराही,जेठ २५ । गर्मी अत्याधीक वढेपछि घोराहीमा पानी पार्न भन्दै पुर्जा पाठ गरिएको छ ।

घोराही उप महानगरपालिका वडा नं १८ सङखे पिपलमा सामुहिक पुर्जा पाठ गरिएको हो ।

१२ जना पण्डितहरुले रुद्री पाठ गरेका थिए । घोराही उप महानगरपालिका वडा नं १४ जेष्ठ नागरिक दिवा सेवा केन्द्र घोराही, ब्राहमण समाज दाङ, पतञ्जली योग समितीको संयुक्त आयोजनामा पुर्जा पाठ गरिएको हो ।

कार्यक्रम घोराही उप महानगरपालिका वडा नं १४ जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष चित्रकान्त आचार्यको अध्यक्षता तथा जेष्ट नागरिक जयदेव भट्टराइको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा घोराही उप महानगरपालिका वडा नं १८ का वडाध्यक्ष भरतमणि अर्याल, वडा नं १५ का वडाध्यक्ष रमेशकुमा पाण्डे, वडा नं १५ का वडा सदस्यहरु माधव श्रेष्ठ, उतम वुढाथोकी, पतञ्जली योग समितीका शारदा पोख्रेल, ब्रामण समाजका इन्जीनियर ऋषिराम शर्मा, श्रीप्रसाद श्रेष्ठ लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रमको सहजिकरण मधुसुदन अधिकारीले गरेका थिए । कार्यक्रमका लागि भरतमणि पाण्डे र विष्णुप्रसाद गौतमले आर्थिक सहयोग गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *