२०८३ भाद्र २७ गते शनिवार

कृषिजन्य वस्तुमा अतिरित्त कर लगाउने तयारी प्रति कांग्रेसको बिरोध


सल्यान, जेठ २२ । सल्यानको कपुरकोट गाउँपालिकाले कृषिजन्य वस्तुको निकासी कर लगाउने तयारी गर्न थालेपछि नेपाली कांग्रेसले बिरोध जनाएको छ ।

कपुरकोट गाउँपालिकाले कृषिजन्य वस्तुमा प्रति किलो २५ पैसा निकासी कर असुल्ने तयारी थालेको भन्दै कांग्रेस कपुरकोट गाउँपालिका कार्यसमितिले त्यसको बिरोध गरेको हो ।

मंगलबार गाउँपालिकालाइ ध्यानाकर्षण पत्र बुझाउदै कांग्रेसले किसानलाइ थप व्ययभार पर्ने गरी प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा कुनैपनि कर असुली नगर्न आग्रह गर्दै पत्र बुझाइएको कांग्रेस कपुरकोटका प्रवक्ता कुबेर खत्रीले जानकारी दिए ।

कांग्रेस कपुरकोटका सभापति एकराज वलीको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा गाउँपालिकाले गएको हिउदे गाउंसभाबाट कृषिजन्य वस्तुमा निकासी कर लिने प्रस्ताव गरेको थियो ।
कांग्रेस कपुरकोटका उपसभापति टिकाराम केसीको नेतृत्वमा पार्टी सचिव तिलक देवकोटा, प्रवक्ता कुवेर खत्री, वडा नम्बर ३ का सभापति प्रदिप खड्का, वडा नम्बर ४ का सभापति रत्नलाल वली, ५ का सभापति यज्ञ वोहरा, कमल घर्ती, खड्क केसी लगाएतले गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

बैशाख २७ मा भएको गाउँपालिकाको अन्तरक्रियाको घोषणापत्रमा समेत कृषि उपज बजार संचालक समितिलाई पोस्ने तथा कृषि उत्पादनको मुल्यमा गिरावट ल्याउने प्रयास गरिएको भन्दै काँग्रेसले बिरोध जनाएको थियो ।

विगत आर्थिक वर्ष २०७५।०७६ मा पनि स्थानीय सरकारले कृषिजन्य वस्तुमा निकासी कर लिने निर्णय गरेकोमा बिरोध पछि त्यो रोकिएको थियो ।

कपुरकोट मौसमी र बेमौसमी तरकारी उत्पादानका लागि नेपालकै एक चर्चित ठाउँका रुपमा परिचित छ ।
ध्यानाकर्षणपत्रमा वेमौसमी कृषि उत्पादनका लागि रासायनिक मल, उन्नत तथा हाइव्रिट विउ विजन, विषादी सुलभ रुपमा किसानलाई उपलब्ध गराउनुपर्ने मा गरिएको छ ।

साथै उचित मुल्य सहितको बजारिकरणको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । कृषि यन्त्र, सिंचाइ तथा उचित किसीमको बजारिकरणका लागि एकिकृत तथा प्रतिष्पर्धात्मक कृषि उपज बजारको व्यवस्था, बजारको अनुगमन तथा रेखदेख, विषादीको उचित प्रयोगबारे ज्ञानको विस्तार र खास कृषकहरुलाई प्रोत्साहन गर्न माग गरिएको छ।

कपुरकोट कृषि उपज बजार संचालक समितिले विगत ६ वर्षदेखि कुनैपनि बजार व्यवस्थापनको काम नगरी विभिन्न वाहनामा उठाएको रकमलाई सार्वजनिक नै नगरेको भन्दै उक्त सञ्चालक समितिको पुर्नंगठन गरी आर्थिक प्रतिवेदन सार्वजनिक गराउन गाउँपालिकाले पहल गर्नुपर्ने माग गरिएको छ ।

कृषि उत्पादनलाई बृद्धि गर्न आवश्यक नीति कार्यक्रम तय गरी बजेट विनियोजन गर्न पनि कांग्रेस कपुरकोटले गाउँपालिकासंग माग गरेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *