दाङ, चैत २७ । आठौं राष्ट्रिय खेलकूद अन्तरगत दाङमा टेबुल टेनिस प्रतियोगिता शुरू भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ को कबर्डहलमा बुधबारदेखि प्रतियोगिता सुुरू भएको हो । महिला र पुरूषको टेबुल टेनिस खेलको उद्घाटन् पूर्ब युवा तथा खेलकूद मन्त्री दलजीत शेर्पालीले गरेका हुन् । खेलमा १० वटा समूहका एकसय आठ जना खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । सातवटा प्रदेशका सात समूह, नेपाल आर्मी, नेपाल पुलिस र एपिएफको समूहले प्रतिस्पर्धा गर्नेछन् । जसमा महिला ५५ र पुरूष ५४ जना खेलाडी रहेनेछन् । साथै उक्त खेलका लागि १२ जना स्थानीय र ३७ जना अम्पायर रहेका छन् ।
बुधबार प्रदेश र बिभागिय टिम ईभेन्टको खेल भएको हो । टेबुलटेनिस खेल ३० गतेसम्म चल्नेछ । बिहीबार घोराहीको नवलपुरमा बास्केट बल प्रतियोगिता हुने भएको छ । दाङमा सातवटा राष्ट्रिय खेल हुदैछन् । आठौ राष्ट्रय खेलकूद प्रतियोगिता दाङका तीन वटा शहरहरुमा आयोजना गरिएको छ । महिला फूटबल,एथ्लेटिक्स र कराँते तुलसीपुरमा, ब्याडमिन्टन,टेबुलटेनिस र बास्केटबल घोराहीमा र महिला क्रिकेट लमहीमा हुने थालेको छ । दाङमा चैत्र २७ गतेदेखि २०७६ बैसाख ११ गतेसम्म राष्ट्रिय प्रतियोगिता चल्ने छ ।
प्रतियोगितामा सात प्रदेशका खेलाडी, तीन वटा विभागिय टिम (नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, शसस्त्र प्रहरी बल) दाङ आएका छन् । यसअघि आउने भनिएको एनआरएनको टिम भने दाङको प्रतियोगितामा आएको छैन । दाङ जिल्लामा प्रतियोगितका लागि २५ सय खेलाडी सहित निर्णायक , पर्यवेक्षक , प्रतिनिधि सहित पाँच हजार जति आएका छन् ।
खेलकुदले विकाश शेर्पाली
प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि सेर्पालीले दाङमा राष्ट्रिय खेलकूद जिल्लाको ठूलो टेवा पुग्ने बताए । दाङमा निर्माण भएका संरचनालाई उचित प्रयोग गर्न सके दाङलाई खेल क्षेत्रवाट राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत पुग्ने उनले आशा व्यक्त गरे । दाङलाई स्पोर्ट सिटीको रुपमा विकास गर्न यसले सघाउने धारणा राखे ।
दाङ जिल्ला टेबल टेनिस संघका उपाध्यक्ष अरुण लहरेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपाली, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।