२०८२ बैशाख ११ गते बुधवार

स्वस्थ जीवन र सामाजिक सद्भावका लागी खेलकुद आवश्यक

सल्यान, २७ चैत्र । गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले स्वस्थ जीवन र सामाजिक सद्भावका लागी खेलकुदको आवश्यकता रहेको बताएका छन् । बुधबारदेखि कपुरकोट गाउँपालिका ४ धनवाङ सल्यानमा शुरु भएको खुल्ला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै उनले राम्रा खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताए । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले उत्कृष्ट खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागी आफ्नो गाउँपालिकाले अध्यक्ष कप खेलकुद कार्यक्रम राखेको बताए ।

कार्यक्रममा कपुरकोट ४ का वडाध्यक्ष हरिलाल पुन, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी, पत्रकार महासंघ कर्णालीका सदस्य सन्तोष घर्ती, खेलकुद समिती कपुरकोटका कोषाध्यक्ष मित्रलाल कठायतले बोल्दै खेलकुद क्षेत्रमा लागेर खेलाडीले भविष्य बनाउन सक्ने अवस्थाको श्रृजना राज्यले गरिदिनुपर्ने बताएका थिए ।

प्रेम घर्तीले सहजीकरण गरेको कार्यक्रममा कपुरकोट ४ का वडा सदस्य चित्र बहादुर थापा, आधारभुत विद्यालय क्युरेनीका प्रअ डिल बहादुर थापा, नेपाली काग्रेसका प्रतिनिधी डण्डीराम खड्का, नेपाल राष्ट्रिय शिक्षक संगठनका हस्त बहादुर बुढा लगाएतले मन्तव्य राखेका थिए ।

न्यु जनचेतना सांस्कृतीक युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा ६ वटा समूहले प्रतिष्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : २०७५ चैत्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *