दाङ, जेठ २१ । देउखुरीमा अटो रिक्सा र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । थप तीन जना घाइते भएका छन् ।
दुर्घटनामा परि अटो चालक घोराही उपमहानगरपालिका – ५ का ३२ बर्षीय किरण रोका मृत्यु भएको छ । गम्भीर घाइते उनको उपचारका क्रममा ३ ः ५५ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला सूचना अधिकारी डिएसपी राजन गौतमले त्यस दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका – ३ वशन्तपुरका ३३ बर्षीय दोर्णबहादुर चौधरी, पछाडि सवार सोही ठाउँकै ३० बर्षीय सुन्दरप्रशाद चौधरी र अटोमा सवार घोराही – १८ मसिनाकी ५० बर्षीया डिलशरा बादी घाइते भएको जानकारी दिएका छन् ।
मोटरसाइकलमा सवार चौधरी द्धयलाई थप उपचारका लागि बाँकेको नेपालगंज र अटोमा सवार बादीलाई थप उपचारका लागि घेराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रिफर गरिएको गौतमले बताए ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत दिउँसो साढे ३ बजेतिर राप्ती गाउँपालिका – ४ श्रीनाराण चोकमा घोराहीबाट पूर्व चन्द्रौटातर्फ जाँदै गरेको भे १२ प ७५९४ नम्बरको मोटरसाइकल र पूर्ववाट पश्चिम तर्फ आउँदै गरेको रा १ ह ५६०१ नम्बरको अटो रिक्सा आपसमा ठोक्किएका थिए ।
