तुलसीपुर,जेठ २१ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीले दाङको समग्र विकासका लागि सदैव कटिबद्ध रहेको बताएका छन ।
शनिबार दाङको तुलसीपुरमा नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले बिगतमा आँफुले जिल्लामा बाह्रै महिना सिंचाइ सुबिधा पु¥याउने उदेश्यका साथ बृहत सिंचाइ परियोजना ल्याएको भन्दै अब पनि त्यसका लागि निरन्तर प्रयास जारी राख्ने बताए ।
उनले किसानले मल सहज रुपमा समयमै पाउनु पर्ने भन्दै टरिगाउँ एयरपोर्टको धावन मार्ग विस्तार, तुलसीपुर– घोराही चार लेन सडक बिस्तार जस्ता कार्यहरु पुरा गर्नका लागि सबैले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने समेत बताए ।
प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार