२०८३ भाद्र २९ गते सोमवार

बिहेको प्रस्ताव अस्विकार गर्दा बाणगंगामा २ जनाको हत्या


कपिलवस्तु,जेठ १८ । कपिलवस्तुको बाणगंगामा दुईजनाको हत्या भएको छ।

बिहेको कुरा अस्विकार गर्दा उनीहरुको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले बताए ।

बाणगंगा नगरपालिका वडा नम्बर ६, मटेरियाका ७० बर्षिय बमबहादुर थारु र उनकी भतिजी २२ बर्षिय अन्जनी थारुको चक्कु प्रहार गरि हत्या गरिएको हो । उनीहरु दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको कञ्चनका २२ बर्षिय मोहन थारुले उनीहरु माथी चक्कु प्रहार गरेको प्रहरी नायब उपरिक्षक घलेले जानकारी दिए ।

चक्कु प्रहार पछि दुबै जना गम्भिर घाईते भएका थिए। बम बहादुरको जीतपुरमा उपचारको क्रममा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोहन थारु र अन्जनी थारु विगत २ बर्ष देखी प्रेम सम्बन्धमा रहेको र विहेको प्रस्ताव अस्विकार गरेपछि हत्या गरेको भनाई छ ।

हत्या गर्ने थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *