२०८१ बैशाख १२ गते बुधवार

दोघरेमा एक पुरुषको बेवारिसे शव फेला


दाङ, चैत २५ । दाङको तुलसीपुरमा एक पुरुष व्यक्तिको बेवारिसे शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दोघरीस्थित तुलसीपुर नगरविकासले प्लटिङ गरेको जग्गाको नालीमा अन्दाजी ४०देखि ४५ बर्षीय व्यक्ति फेला परेको प्रहरीले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले ५ फिट ५ इञ्च उचाई भएको ती व्यक्तिको बायाँ खुट्टाको चोर औंला र साईली औंला नभएको अवस्थामा शव फेला परेको जानकारी दिए । त्यसैगरी बायाँ हातको नाडीमा पुरानो काटिएको खत, दाहिने हातको नाडीमा स्पष्ट नभएको भएपनि दत्तेल सुमित्रा र निमकुमारी भन्ने कुरा हरियो मोसीले लेखिएको डिएसपी शाहीले बताए ।

मृतकको शरिरमा एडिडास लेखिएको कालो ट्राउजर, टीब्लक लेखिएको फिक्का निलो टिसर्ट, कलेजी रंगको पुरा बाउला भएको सर्ट लगाएको मंगोलियन अनुहारको हुलिया भएको हुँदा कोही आफन्त भए सम्पर्क गर्न डिएसपी शाहीले आग्रह गरे ।

शवलाई पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । ती व्यक्तिको आफै लडेर मृत्यु भएको हो वा कसैले हत्या गरि फोलेको हो ? भन्ने कुरा पोष्ट मार्टमाको रिपोट नआउँदा सम्म भन्न मुस्किल हुने प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७५ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *