२०८३ भाद्र ३० गते मङ्गलवार

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै

तुलसीपुर,जेठ ८ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

नयाँ मन्त्रीको रुपमा दाङका राजु खनाल, बाँकेका भण्डारीलाल अहिर र रुपन्देहीका चन्द्रकेश गुप्ताको सम्भावना रहेको मुख्यमन्त्री चौधरी निकट स्रोतले बताएको छ ।

नेपाली कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ (१)बाट, जसपाका अहिर बाँके क्षेत्र नम्बर २ (१)बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ (२)बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन् । आज नयाँ मन्त्रीहरु पनि नियुक्त गर्ने र विनाविभागीय मन्त्रीहरुको पनि जिम्मेवारी तोक्ने तयारी छ ।

यसअघि मुख्यमन्त्री चौधरीले गत वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *