दंगीशरण जेठ ७ । दंगीशरण गाउँपालिका वडा नं. २ मा महिलाहरुका लागि महिला शसक्तीकरण तथा नेतृत्व विकाश तालिम प्रदान गरिएको छ । गाँउपालिकाको आयोजनामा सञ्चालित ३ दिने तालिमको आइतवार एक कार्यक्रमका बिच समापन गरिएको छ ।
दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमा खड्का वलिले महिला शसक्तीकरणको सवालमा आफु निरन्तर अगाडी बढेको र महिलाहरूको हरेक सुख दुखमा आफु सारथी भइ लाग्ने बताइन ।
पहिलेको तुलनामा महिलाहरुको नेतृत्व विकाससगैं हरेक विकास निर्माणका काममा महिलाको सहभागीतामा वृद्धि भएको बताइन ।
उनले महिलाहरुलाइ सिपमुलक तालिमका साथै आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरु गाँउपालिकाबाट अगाडी बढाएको बताइन । उपाध्यक्ष खड्काले महिला माथि हुने बिभेद र लैंगीक हिंसा न्यूनीकरणमा स्वयं आफै अगाडि बढन जरुरी रहेको बताइन ।
३ दिनसम्म संचालित महिला ससक्तीकरण तालिमको मुख्य प्रशिक्षकमा महिला मानब अधिकार रक्षक संजाल दाङका सुस्मा गिरी रहेकी थिइन ।
उक्त तालिमको सहजीकरण महिला बालबालिका साखा दंगीशरणकी चन्द्रा वलिले गरेकी थिइन ।