२०८१ जेष्ठ ५ गते शनिवार

व्यवसायीक भाडा घटाउन घरधनीलाई अनुरोध

दाङ, जेठ ६ । नारायणपुर उद्योग वाणिज्य संघले व्यवसायीक घरभाडा घटाउन घरधनीलाई अनुरोध गरेको छ ।

आज शनिबार बसेको संघको बैठकले आर्थिक मन्दीले व्यापार व्यवसायमा ह्रास आएका कारण असहज अवस्था रहँदासम्म आफूले सक्दो भाडादर घटाइदिन घरधनीलाई अनुरोध गरेको हो ।

पछिल्लो चरणमा व्यापारमा देखिएको मन्दी तथा व्यवसायीहरू पलायन हुने अवस्था देखिएका कारण व्यावसायिक सहज परिस्थिति आउँदासम्म घरभाडा घटाइदिन संघको बैठकले अनुरोध गरेको हो ।

बैठकले यही जेठ २७ गते शनिबारका दिन संघको १९ ओैँ साधारणसभा गर्ने निर्णय गरेको छ ।

साथै जेठ १४ गतेदेखि २९ गतेसम्म संघको आयोजनामा सञ्चालित ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ लाई सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैमा बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

बैठक संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा बसेको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *