२०८० फाल्गुन २२ गते मङ्गलवार

अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगिताको उपाधि राप्ती बाल एकाडेमीलाई


तुलसीपुर, जेठ ६ । राप्ती बाल एकाडेमीले अन्तर विद्यालय हाजिरी–जवाफ प्रतियोगिताको उपाधि हात पारेको छ ।

प्रतियोगितामा १२५ अंक सहित राप्ती वाल एकाडेमी तुलसीपुर-६ प्रथम भएको हो । प्रथम हुने राप्तीले नगद पाँच हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा शुक्रवार भएको अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगितामा १२० अंक सहित हाम्रो पहुँच सेकेन्डरी स्कुल तुलसीपुर-७ र तुलसी आवासीय मावि तुलसीपुर-५ ले द्वितिय स्थान प्राप्त गरेका छन् ।

यस्तै द्वितिय स्थान प्राप्त गर्न सफल हाम्रो पहुँच सेकेन्डरी स्कुल र तुलसी आवासीय माविले समान नगद दुई हजार पाँच सय सहित प्रमाण पत्रबाट सम्मानित भएका छन् ।

रोटरी क्लव अफ तुलसीपुर सिटीका भावी अध्यक्ष पवन कुमार योगीको अध्यक्षता तथा रोटरी इंटरनेशनल डिष्ट्रिक ३२९२ जोन २६ का असिस्टेन्ट गभर्नर तुफानबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

असिस्टेन्ट गभर्नर श्रेष्ठले बिद्यार्थी जीवन कितावी ज्ञानमा मात्र सिमित भैरहेको पछिल्लो अवस्थाको चित्रण गर्दे वाह्य ज्ञानको पनि उत्तीकै महत्व रहेको बताए । उनले वौद्धिक्ताको मापन प्रतियोगिताले मात्र सम्भव नहुने भन्दै विद्यालयहरुले पनि बालबालिकाको क्षमता अभिवृद्धि गर्ने यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने बताए ।

विगत लामो समयदेखि दाङ जिल्लाका विभिन्न क्षेत्रमा सामाजिक कार्यमा सक्रिय रहेका रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरले शिक्षा क्षेत्रमा केही नयाँ गरौ र बालबालिकामा भएको ज्ञानलाई अगाडी वढाउ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हाजिरी–जवाफ प्रतियोगिताका कार्यक्रम संयोजक रुपेश शर्माले जानकारी दिए ।

कार्यक्रममा रोटरी क्लव अफ तुलसीपुर सिटीका पुर्व अध्यक्ष बिमल रिजाल, पुर्व अध्यक्ष विजय केसी, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नारायण गौतम, रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर तथा हाजिरी-जवाफ प्रतियोगितामा निर्णायकको भुमिकामा रहनु भएका बसन्त पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

हाजिरी-जवाफ प्रतियोगिताको सहजिकरण तुफानबाबु श्रेष्ठ र सन्दीपन रिजालले गरेका थिए भने औपचारिक कार्यक्रमको सहजिकरण रोटरी क्लव अफ तुलसीपुर सिटीका सहसचिव दिपेश भण्डारीले गरेका थिए ।

हाजिरी-जवाफ प्रतियोगितामा तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी १८ वटा विद्यालयको उत्साहजनक रुपमा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *