२०८१ जेष्ठ ५ गते शनिवार

लागु औषध बिरुद्धको अभियानमा आमाहरु

सुशील बस्नेत,दाङ,जेठ ५ । लागु औषध दुब्र्यसन बिरुद्ध दाङका आमाहरु संगठित भई अभियान सञ्चालन गर्दै आएका छन् ।

बालबालिकाको शिक्षामा पँहुच र दुब्र्यसन बिरुद्ध महिलाहरु संगठित भई अभियान सञ्चालन गर्दै आएका हुन ।

समाज कल्याण केन्द्र नेपाल जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता गराई अभिभाबक बिहीन बालबालिकाहरुलाई बिद्यालय पठाउने, उनीहरुको खर्चको जोहो गरिदिने कार्य समेत गर्दै आएको उक्त संस्थाले दुब्र्यसन बिरुद्ध ब्यापक रुपमा अभियान शुरु गरेको छ ।

कार्यक्रमलाई बिद्यालय केन्द्रित गरेको समाज कल्याण केन्द्र नेपालले शुक्रबार तुलसीपुर स्थीत डिभाईन टेम्पल एकाडेमीमा दुब्र्यसन बिरुद्ध प्रशिक्षण सम्पन्न गरेको छ ।

बिद्यालयको प्राङगणमा आयोजीत लागु पर्दाथ दुब्यसन सचेतना कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मका बालबालिकाहरुको सहभागिता रहेको थियो ।

प्रमुख प्रशिक्षक बसन्त बहादुर पुन मगरले लागु औषध र लागुपर्दाथ भनेको केहो , लागूपदार्थको असर, लागु पदार्थ र तिनका खतरनाक दुष्प्रभाव, मानिक कसरी नजानिदो रुपमा दुब्यसनी बन्न पुग्दछ,लागु पदार्थको लतमा फसेको थाहा पाउने तरीका र लागु औषध दुब्र्यसनको उपचार तथा पुन ः स्थापनाका बिषयमा जानकारी गराएका थिए ।

समाज कल्याण केन्द्र नेपालका अध्यक्ष निर्मला गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी,मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले दुब्यसन बिरुद्धको अभियानमा महिलाहरुले खेल्नुभएको भूमिको खुलेरै प्रसंशा गरे ।

बस्नेतले भने, कानूनमा भएको ब्यबस्था कार्यान्वयन नहुदा दुब्र्यसन बिरुद्धका अभियानको प्रभाबकारीता पेचीलो हुन सकेको छैन् ।

स्थानीय तहलाई लागु औषधको नियन्त्रण र रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानीय तहलाई मार्गदर्शन २०७६ गृह मन्त्रालयबाट जानकारी २०६६ जेठ ३१ गते र लागु औषध नियन्त्रण सम्बन्धि १५ सदस्यीय गठन गरि लागु औषध रोकथाम कार्यक्रम सञ्चालन गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७६ जेठ ७ गते गरेको पत्राचार समेत कार्यान्वयन हुन नसकेको बस्नेतले गुनासो गरे ।

यो अबस्थामा महिलाहरु संगठित भई अभियान सञ्चालन गर्नु स्वागत योग्य भएको भन्दै चर्चा गरे ।

सो अवसरमा एन प्याब्सन दाङका अध्यक्ष बिमल गौतम, शान्ति समाज दाङका उपसभापति कोमल डिसी,डिभाईन टेम्पल एकाडेमिका सिईओ भोजराज न्यौपाने,नयाँपाईला पुर्नस्थापना केन्द्रका युवराज डाँगी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाका सहसचिव अन्जना मल्लले गर्नुभएको थियो भने सचिव जानुका केसीले सहजिकरण गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *