२०८३ जेष्ठ १५ गते शुक्रवार

१२ बर्ष कैद भुक्तान गर्न सुनिल आँफै अदालत उपस्थित भए

दाङ, जेठ ४ । बलात्कार मुद्दामा १६ बर्ष कैद सजाय तोकिएका तुलसीपुरका एक युवक आँफै अदालत समक्ष उपस्थित भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ३१ बर्षीय सुनिल वली तोकिएको सजाय भुक्तान गर्नका लागि बुधबार आँफै जिल्ला अदालतमा उपस्थित भएका हुन ।

सर्वौच्च अदालतले सुनिल विरुद्ध २०७९ जेठ १९ गते बलात्कार मुद्दामा १६ बर्ष कैद सजाय र ५० हजार जरिवाना तोकेको थियो ।
सुनिलले यसअघि मुद्दा पूर्पक्षका क्रममा ४ बर्ष कैद भुक्तान गरि सकेको प्रहरीले जानकारी दिएको छ ।

अब सुनिलले १२ बर्ष कैद भुक्तान गर्नुपर्ने छ । तोकिएको कैद भुक्तान गर्न उनी आँफै अदालत समक्ष उपस्थित भएका हुन ।
उच्च अदालत तुलसीपुरको फैसला अनुसार सुनिलले २०६७÷४÷ १० गतेदेखि २०७१ ÷ ४ ÷ ९ गतेसम्म जेल जिवन विताएका थिए ।

झन्डै १५ बर्ष पहिले मध्यराति होटेलबाट बन्धक बनाइ तुलसीपुरमा रुकुमकी एक किशोरीमाथि सामुहिक बलात्कार भएको थियो ।

आफ्ना प्रेमी संग होटेलमा बसेकी ती किशोरीलाई युवाहरुको एक समुहले उनका प्रेमीमाथि कुटपिट गरि उनलाई बन्धक बनाइ पातुखोला बगरमा पु¥याइ रातभर सामुहिक बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।

उक्त सामुहिक रेपका आरोपित मध्य केही यसअघि नै पक्राउ परि सकेका छन् भने केही भने अझैंपनि फरारको सुचिनमा छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *