२०८१ जेष्ठ ५ गते शनिवार

नक्कली भुटानी शरणार्थी प्रकरणले राजनितिकर्मिलाई पाठ सिकायो : अध्यक्ष केसी


तुलसीपुर, जेठ ३ । मानव अधिकार तथा शान्ति समाज दाङले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहिको माग गदै विरोध सभा गरेको छ ।

कुशासन र दण्डहीनता विरुद्ध अभियान अन्तरगत नक्कली भुटानी सरणार्थी प्रकरणका मुल दोषीलाई कारबाही गर, सुशासनको प्रत्याभूती आर्थिक पारदर्शीता र जबाफदेहि सुनिश्चित गर भन्ने मुल नाराका साथ मानव अधिकार मैत्री एन बनाउ : सन्क्रमकालिन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउ भन्दै मानवअधिकार शान्ति समाजले तुलसीपुरको वीपी चोकमा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा सम्वोधन गर्दै प्रमुख वक्ता नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले नक्कलि भुटानी शरणार्थी प्रकरणले राजनितिक कर्मिहरुलाई ठुलो पाठ सिकाएको बताए ।

उनले जनताले देशमा सुशासन चाहेको तर्क गरे।

नागरिकले निर्बाचित बनाएर महत्वपूर्ण पदमा पुगेका नेताहरुले कानुनको कार्यान्वयन गर्नुको साटाे उल्टो उल्लंघन गरिरहेको बताए ।

‘ हामीहरुले सञ्चारमाध्यमबाट यसलाई सचेतना गराउनुपर्छ,निर्दोष कोहि नफसुन कोहि नउम्किउन भन्ने सवैको चाहना हो,उनले थपे ।’

कार्यक्रममा मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय सचिब निर्मल नेपालीले अत्याचारीहरुलाई कानुनि दायरामा ल्याउनुपर्ने बताए ।

त्यस्तै पूर्व केन्द्रिय उपसभापति सुशील बस्नेतले समाजले देशैभर आन्दोलनका रुपमा यो भ्रष्ट्राचारीको विरोधको कार्यक्रम चलाएको बताए ।उनले भ्रष्टाचारको जालोलाई सबै मिलेर चिर्नुपर्ने तर्क गरे ।

मानव अधिकार तथा शान्ति समाज दाङका सभापति नविनकुमार पोख्रेलको अध्यक्षतमा भएको कार्यक्रममा केन्द्रिय सदस्य तुलसिराम सुनार ,जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी,समाजका संस्थापक सभापति डिल्लीराज धिताल, पूर्व सभापति सरद रेग्मीले लगाएतले राजनीतिमा फैलिएको भ्रष्टाचारले मुलुक आतंकित भएको भन्दै खबरदारी गर्न जरुरी रहेको बताएका थिए ।

उनीहरुले राजनितिक संरक्षनका कारण अपराधिलाई लुकान नहुने भन्दै मुलुकलाई कुशासनबाट मुक्त गर्ने समय आएको बताए।

समाजका सदस्य निर्माला गौतमले धन्यवाद ज्ञापन गरेकि थिइन भने सहजीकरण सचिव अमृतकुमार शर्माले गरेका थिए ।

कुशासन र दण्डहिनता विरुद्धको अभियान जेठ १ गते देखि देशै भर सुरु भएको छ ।

यो कार्यक्रम १४ गते सम्म रहने समाजले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *