२०८१ जेष्ठ ५ गते शनिवार

स्वयम सेवाका लागि फैलाउँदै स्काउट सदस्य

तुलसीपुर जेठ ३ । पछिल्लो समयमा सामाजिक सेवातर्फ विद्यार्थीहरुमा चासो घटेको भन्दै स्वयम सेवाका लागि स्काउट सदस्य बढाउन थालिएको छ ।

सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरले पहिलो चरणमा दाङ जिल्लाका दश वटै पालिका र रुकुम पूर्वका तीन वटा पालिकाका विद्यालयमा अध्यापरनरत शिक्षकहरुलाई स्काउट सदस्य बढाउनका लागि प्रशिक्षण सुरु गरेको छ ।

विद्यार्थीहरुमा नैतिक शिक्षा र स्वयम सेवा अभिवृिद्घका लागि दुई जिल्लाका पालिकामा रहेका विद्यालयका शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षण सुरु गरिएको हो ।

सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख बेगम केसीले विद्यालयस्तरमा पहिलो चरणमा शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षण दिइने र त्यहीबाट विद्यार्थीहरुलाई स्वयम सेवाका लागि प्रशिक्षणको व्यवस्था गर्न थालिएको बताए ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले सामाजिक मूल्य,मान्यता र संस्कार स्थापित गर्नका लागि प्रत्येक विद्यालयमा स्काउट शिक्षा अनिवार्य रहेको बताए । उनले तत्कालै स्काउट शिक्षालाई पाठ्यक्रममै समावेश गरेर कार्यान्वयनमा लैजाने बताए ।

तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले स्काउट सम्बन्धी स्थानीय पाठ्क्रममै समावेश गरिएको बताए । उनले पछिल्लो समयमा विद्यार्थीहरुमा स्वयम सेवा र नैतिकता,सद्भावजस्ता विषयमा विद्यार्थीहरुमा प्रशिक्षणका लागि स्काउट शिक्षा अनिवार्य रहेको बताए ।

नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सुजन खनालले देश संघीयमा गएसँगै स्काउटमा समेत स्थानीय नगर समितिको व्यवस्था गरिएको बताए । उनले स्वयम सेवा भावका लागि प्रत्येक विद्यालयमा स्काउट शिक्षक अनिवार्य रहेको बताए ।

यसैबीच ६ दिने स्काउट सम्बन्धी प्रशिक्षण कार्यक्रम गुरु जजुरमाध्यमिक विद्यालयमा सुरु भएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख बेगम केसीको अध्यक्षता एवम नगप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा प्रशिक्षण उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्काउटका राष्ट्रिय प्रशिक्षक सुजन खनाल,लिला श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारी, तुलसीपुर नगर युवा परिषद्का उपाध्यक्ष रवीन्द्र डाँगी, गुरु जजुर माध्यमिक विद्यालय प्रधानाध्यापक विष्णुकुमारी केसी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

पोखलबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल स्काउट लुम्बिनी प्रदेश तर्दथ समितिका सदस्य रविन वलीले गरेका थिए ।

नेपाल स्काउटको दर्तामा जिल्लामा दश कठ्ठा जग्गा समेत रहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *