२०८१ जेष्ठ ५ गते शनिवार

प्रेस युनियन दाङको नयाँ नेतृत्वलाई पदहस्तान्तरण


दाङ,२ जेठ । नेपाल प्रेस युनियन दाङको नयाँ नेतृत्वलाई पदहस्तान्तरण गरिएको छ । नेपाल प्रेस युनियन दाङका निवर्तमान अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा प्रेस युनियन दाङका सल्लाहकार समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्यतामा पदहस्तान्तरण कार्यक्रम भएको हो ।

पदहस्तान्तरण कार्यक्रमलाई संम्वोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोख्रेलले नवनिर्वाचित कार्यसमितिलाई व्यवसायिक पत्रकारितासँगै सामाजिक मुद्दालाई उठाउन सुभाव दिएका थिए । पत्रकारितासँगै सामाजिक मुद्दाहरुको उठान गरेरै दाङमा प्रेस युनियन स्थापित भएको भन्दै उनले राजनीति विषयसँगसँगै सामाजिक मुद्दाहरुमा बहस चलाउन आग्रह गरे । पोख्रेलले युनियनको मर्म र उद्देश्य अनुसार लक्ष्य प्राप्तीका लागि एकजुट भएर लाग्न सवैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका लुम्विनी प्रदेश अध्यक्ष एवं निर्वाचन समिति संयोजक सुदीप गौतमले जिल्लामा संगठनलाई संगठित र गतिशिल बनाउनका लागि सवैसँग सल्लाह र समन्वय गरेर अघि बढ्न आग्रह गरेका थिए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापनसँगै पत्रकारिताको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै व्यवसायीक पत्रकारिताको विकासमा लाग्न आग्रह गरेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य बिमल ज्ञवाली, नेपाल प्रेस युनियन दाङ शाखाका नवनिर्वाचित अध्यक्ष नारायण खड्कालगायतले बोलेका थिए ।

निवर्तमान उपाध्यक्ष देव यावदको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण निवर्तमान सचिव आर.के.शीतलले गरेका थिए । कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक सुदीप गौतमले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । यसैविच नेपाल प्रेस युनियन दाङको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक घोराहीमा सम्पन्न भएको छ ।

नवनिर्वाचित अध्यक्ष खड्काको अध्यक्षतामा बसेको बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सवैप्रति धन्यावाद ज्ञापन गरेको छ । बैठकले स्थानीय तह तथा प्रदेश सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रमहरु गर्ने र त्यसका लागि समन्वय गर्ने जिम्मा युनियनका अध्यक्षलाई दिने निर्णय गरेको सचिव अमरक्षितिज भण्डारीले बताए ।

सचिव भण्डारीका अनुसार युनियन दाङको नियमित बैठक प्रत्येक महिनाको दोश्रो शनिवार बस्ने गरेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *