२०८३ भाद्र ३१ गते बुधवार

आत्मसुरक्षा कार्यक्रम सम्पन्न


दाङ,जेठ १ । “थर्ड आई नेपाल ” को आयोजना तथा राजपुर गाउँपालिकाको सहकार्यमा महिलाहरुको लागि आत्मसुरक्षा कार्यक्रम २०८० सम्पन्न भएको छ ।


बलात्कार र महिला हिँसा जस्ता घटनाहरू घटन नदिने उदेश्यका साथ जनचेतना कार्यकम गरिएको हो ।
त्यस कार्यक्रममा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी, उपाध्यक्ष धनपति देवी यादव, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेय लगाएतले बोलेका थिए ।

संस्थाका सचिव सन्तोष लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा श्री साधारण नमूना माध्यमिक विद्यालय गंगदिमा उदघाटन गरिएको थियो भने श्री जनज्योति माध्यमिक विद्यालय, बेलामा समापन गरिएको संस्थाका कोषाध्यक्ष रेशम नेपालीले बताए ।

कार्यक्रम राजपुर गाउँपालिकाको आठै वटा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको जसमा प्रतक्ष्य रुपमा ७ कक्षा देखि १२ कक्षामा अध्ययनरत ४५६ किशोरी हरुको उपस्थितिमा यो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष बसन्त गिरीले बताए ।

त्यस अबसरमा सहभागी भएका विद्यालयहरू र छात्राहरुलाई सम्मान पत्र तथा प्रमाण पत्र समेत वितरण गरिएको कार्यक्रम सञ्चालक शरद भण्डारीले बताए ।

प्रकाशित मिति : २०८० जेष्ठ १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *