२०८३ भाद्र २७ गते शनिवार

बिपन्न बालबालिकालाई पोशाक र शैक्षिक सामाग्री


तुलसीपुर,बैशाख २९। सुनचाँदी ब्यबसायीको पेशा आर्थिक मन्दीका कारण संकट परेका बखतमा पनि बिपन्न समुदायका बालबालिकालाई पोशाक,ब्याग र शैक्षिक सामाग्री बितरण गरेको छ ।

ज्ञान ज्योति आधारभूत बिद्यालय तुलसीपुरका ५ जना बालबालिकालाई ब्याग,पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको तुलसीपुर दाङ सुनचाँदी ब्यबसायी संघका महासचिब तुलसीराम सुनारले जानकारी दिएका छन् ।

अधिकासं दलीत तथा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने ज्ञान ज्योतिमा ४ सय ५० बढि बालबालिकाहरु छन् । ती मध्ये ५ जना सबैभन्दा बढि बिपन्न तथा दलित समुदायकालाई बिद्यालयले छनौट गरेको हो ।

सुनचाँदी ब्यबसायी संघका अध्यक्ष हरिकृष्ण बिकको अध्यक्षता एवम मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतको प्रमुख आतिथ्यमा शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको हो ।

सो अवसरमा सम्बोधन गदै बस्नेतले बैज्ञानिक शिक्षामा जोड लिनुपर्ने बताए । बैज्ञानिक शिक्षा जिवन उपयोगी शिक्षा भएको चर्चा गर्दै प्राबिधि शिक्षाका पाठ्यक्रम बनाईनुपर्नेमा जोड दिए ।

‘नैतिक शिक्षामा कमि हुदा समुदायमा बिभिन्न घटनाहरु हुने गरेका छन् त्यसैले आचरण ब्यबहारमा परिवर्तन गर्न आधारभूत बिद्यालयदेखि नै नैतिक शिक्षा बालबालिकाहरुका लागि आबश्यक छ उनले भने ।’

सो अवसरमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि बिक,नेपाल सुनचाँदी ब्यबसायि महासंघका केन्द्रिय सदस्य लोकबहादुर सुनार,संघका लुम्बिनी प्रदेश सदस्य मदन केसी,उक्त बिद्यालयका प्रधानाध्यापक लेखराज रिजाल, सहायक प्रधानाध्यापक मेघराज घिमिरेले सामुदायिक बिद्यालयको वर्तमान अबस्थाका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य संघका सदस्य लिलाबहादुर वली र सहजिकरण महासचिब तुलसीराम सुनारले गरेका थिए ।

त्यसैचिव तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ मा रहेको बाल प्राथमिक विद्यालयका विद्यार्थीहरु लाई विद्यालय पोशाक वितरण गरिएको छ ।

स्वावलम्बन वित्तीय संस्थाले सामाजिक उत्तर दायित्व अन्तर्गत विद्यालयमा रहेका ८५ जना बालबालिकाहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको हो । विद्यालयमा थारु,दलित समुदायका बालबालिकाहरु अध्ययन गर्दछन् ।

विद्यालयका प्रधानाध्यापक प्रकाश पाण्डेले विद्यालयमा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने गर्दै आएको बताए । उनले विद्यालय पोशाक अनिवार्य भए पनि विद्यालयले उपलब्ध गराउन नसकेको अवस्था मा पोशाक पाउँदानिकै खुसी लागेको बताए ।

उनले विद्यार्थीहरुलाई विद्यालयले पुस्तक,कापी निशुल्क रुपमा उपलब्ध गराए पनि पोशाक भने विद्यालय नै आर्थिक रुपमा सबल नभएकाले उपलब्ध गराउन नसकेको बताए । वित्तीय संस्थाका तुलसीपुर शाखा प्रमुख उमेशकुमार भण्डारीले संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयमा पोशाक वितरण गरिएको बताए ।

उनले समाजमा महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने,नेतृत्वमा पु¥याउनुका साथै सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए ।

नगर प्रमुख टीकाराम खड्का ले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि सूचना प्रविधि सामग्री हस्तान्तरण, प्रशिक्षण, अक्षर सुधार, दरबन्दी व्यवस्थापनमा विशेष ध्यान दिइरहेको अवस्थामा बालबालिकाहरुका लागि पोशाक,झोला,कापी कलम वितरण गरिनु सकारात्मक कार्य भएको बताए ।

उनले विपन्न समुदायमै विद्यालय पोशाक हस्तान्तरण गर्दा त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव विश्वकर्माको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्नभएको हो ।

कार्यक्रममा वडानम्बर १का वडाध्यक्ष हुमकान्त सापकोटा, पूर्व वडाध्यक्ष लक्ष्मण भण्डारी, शिक्षाशाखा प्रमुख चक्रबहादुर भण्डारी लगायतकाले बोलेका थिए ।

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *