२०८१ बैशाख २३ गते आइतवार

खाणलाई ४ दिन हिरासतमा राखिने

काठमाडौं, बैशाख २७ । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले बुधबार उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको थियो । खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि पक्राउ परेका थिए ।

शरणार्थी प्रकरणमा हालसम्म १२ जना पक्राउ परेका छन् ।

यसअघि प्रहरीले केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ, सन्दीप रायमाझी, इन्द्रजित राई, टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरि सकेको थियो ।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *