२०८३ भाद्र २७ गते शनिवार

लागु औषधसहित दुई महिला पक्राउ

कपिलवस्तु,बैशाख २७ । कपिलवस्तुबाट लागु औषध सहित २ जना महिला पक्राउ परेका छन् ।

कृष्णनगर नगरपालिका वडा नम्बर–२ बाट चरेस जस्तो देखिने कालो पदार्थ १० किलोग्राम सहित मङ्गलवार दुई महिला पक्राउ परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक नवराज ढुगेंलका अनुसार पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ४९ वर्षीय संगिता तामाङ र सत्यवती गाउँपालिका–१ बस्ने ५९ वर्षीय सेती तामाङ रहेका छन् ।

कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको समेत निरीक्षक ढुंगेंलले जानकारी दिए ।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *