काठमाडौं, बैशाख २७ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान निवासबाटै खाण पक्राउ परेको स्रोतले जानकारी दिएको छ । खाणका सहयोगी नरेन्द्र केसीपनि पक्राउ परेका छन् ।
नक्कली भुटानी शरनार्थी प्रकरणमा नेकपा एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री उटोपबहादुर रायमाझी फरार रहँदै आएका छन् ।
यसअघि प्रहरीले पूर्वगृहमन्त्री तथा एमाले नेता रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ इन्द्रजित राई, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
